देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धितोपत्र बोर्डको अध्यक्ष छनौट विवादमा अल्पकालीन अन्तरिम आदेश

देशान्तर

काठमाडौँ । धितोपत्र बोर्डको अध्यक्ष छनौट विवादमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अर्को छलफल नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले कारण देखाऊ आदेशसँगै सरकार र अन्य विपक्षीसँग लिखित जवाफ पनि माग गरेको छ । सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेपछि यस विरुद्धमा सन्तोष नारायण श्रेष्ठ सर्वोच्चमा रिट दायर गरेका थिए ।
अर्थ मन्त्रालयले रद्द गर्ने भनी गरेको निर्णय गैरकानुनी भएको भन्दै श्रेष्ठले रिट दायर गरेका थिए । उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले भनेको हो । यो विवादका बिच सोमबार बसेको मन्त्रीपरिषद्ले नयाँ समिति गठन गर्ने निर्णय गरेको थियो ।
माघ ५ गते सुरु भएको अध्यक्ष छनोट प्रक्रिया अर्थ मन्त्रालयले गत शुक्रवार रद्द गरेको थियो। प्रक्रिया रद्द गरिएको विषयमा श्रेष्ठले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । रिटमा अर्थ मन्त्रालयको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेशको माग गरिएको थियो ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रियाअन्तर्गत दोस्रो चरणमा अन्तर्वार्तामा बोलाइएको पाँच जनामध्ये दुई जना मात्र उपस्थित भएपछि कानुनी अड्चन आएको भन्दै अर्थ मन्त्रालयले प्रक्रिया नै रोकेको थियो । अर्थले महान्यायाधिवक्ता कार्यालयसँग पनि राय लिएको थियो।