देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पोर्चुगल र फ्रान्स युरोको क्वाटरफाइनलमा

देशान्तर

फ्रान्स र पोर्चुगल युरोकप २०२४ को क्वाटरफाइनमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियम र पोर्चुगलले स्लोभेनियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।

जर्मनीमा जारी प्रतियोगिता अन्तर्गत फ्रान्सको जितमा भने उपहार गोल नै पर्याप्त भयो । बेल्जियमका जन भेर्टोङ्गेनले आत्मघाती गोल गरेपछि त्यसको फाइदा फ्रान्सलाई भयो ।

निर्धारित समय बराबरीतर्फ उन्मुख खेलको ८५औं मिनेटमा भेर्टोङ्गेनले आत्मघाती गोल गरेसँगै फ्रान्सले १–० को अग्रता लियो । रान्डल कोलो मुआनीले गरेको प्रहार उनलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।
सोही अग्रता जोगाउँदै फ्रान्स क्वाटरफाइनलमा पुगेको हो ।

यस्तै, अर्को खेलमा पोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गरेको हो । निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पोर्चुगलका गोलरक्षक डिओगो कोस्टाले स्लोभाकियाको तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३–० ले विजयी भयो । त्यसअघि कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो ।

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । रोनाल्डोको प्रहारलाई स्लोभानियाका कप्तान यान ओब्लाकले विफल पारेका थिए । क्वाटरफाइनलमा पोर्चुगल र फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छन् ।