देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बीआरआई परियोजना अनुदान मात्र स्वीकार्य हुने कांग्रेसको निष्कर्ष

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनिया सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना प्रति सकारात्मक रहेको तर ऋण धान्न सक्ने परिस्थिति नभएकोले अनुदान मात्र स्वीकार्य हुने निष्कर्ष निकालेको छ ।
सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा बीआरआई कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर गर्ने सरकारको तयारीबारे छलफल भएको थियो ।
नेपाल सरकारको क्षमताका आधारमा अहिले अनुदान मात्र लिनुपर्ने कांग्रेसको धारणा रहेको भन्दै ऋण लिन सक्षम नभएको निष्कर्ष निकालेको हो ।
कांग्रेसले चीन सरकारलाई पनि अनुदानका लागि आग्रह गर्ने निर्णय गरेको छ ।