देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफू प्रधानमन्त्री बन्नेजस्तो नलागेको ओलीको प्रतिकृया

देशान्तर

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्नेजस्तो नलागेको प्रतिकृया दिएका छन् ।
सोमबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले प्रधानमन्त्री बन्ने चर्चा बारे सोधेको प्रश्नको जवाफमा उनले यस वर्ष त्यस्तो नलाग्ने तर, बाहिर चर्चा धेरै हुनु राम्रो भएको बताएका हुन् । गएको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच भेट भएपछि गठबन्धन परिवर्तनको चर्चा भइरहेको छ ।
यसैबीच उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सत्ता समीकरण फेरबदल हुनेकुरा हल्ला मात्रै भएको प्रतिकृया दिएका छन् ।
संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछानेले सत्ता समीकरण फेरबदल हुन लागेकोबारे आफूलाई कुनै जानकारी नभएको बाहिर सञ्चारमाध्यममा आएका कुराहरू हल्ला मात्रै भएको स्पष्ट पारे । आफूले दुई नेतासँग कुराकानी गरेको भन्दै त्यस्तो छनक नपाएको उल्लेख गरे ।