देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा

देशान्तर

काठमाडौँ । भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् ।

सोमबार बिहान सम्पन्न समुह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको थियो । भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए । यो जितपछि भेनेजुएलाले समुह चरणका तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।

त्यस्तै अर्को खेलमा इक्वेडर र मेक्सिको गोल रहित बराबरी खेलेपछि दुवैको ४-४ अंक भएको छ र गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समुह चरणबाट बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्ने छ । यो खेल जुलाई ४ मा हुने छ । त्यस्तै भेनेजुएलाले भने क्वाटरफाइनलमा क्यानडाको सामना गर्ने छ । यो खेल जुलाई ५ मा हुने छ ।