देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीलाई १० पटक फोन गरे तर आउनु भएन अध्यक्ष -नेपाल

देशान्तर


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औं राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको तर नआएको बताएका छन् ।
आजदेखि सुरु भएको एकीकृत समाजवादीको महाधिवेशन एमालेका नेताहरु अनुपस्थित भएपछि अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० पटक फोन गरेको दाबि गरेका हुन् । महाधिवेशन एमोलेले बहिष्कार गरेको विषय कार्यकर्ताले उठाएपछि आफूले १० पटक फोन गरेको उनले बताए ।

पीएहरुलाई, म्यासेज पनि पठाएको र पाएको पनि सूचना पाएको तर नआएको बताए । उनले ३ वर्षको घाउ आलो भएर नआउनु भएको हुन सक्ने भन्दै राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक नभएको बताए । आजसम्पन्न एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा एमाले बाहेक अन्य सबै दलका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो । नेपालले जनताका आशा र अपेक्षा पूरा गर्न संविधान नै संशोधन नगरी कानुन संशोधन गरे हुने बताए ।
आफ्नो पार्टी लोकतान्त्रिक मूल्य र मान्यताको आत्मसात् गर्दै अघि बढ्ने भन्दै उनले नेपालको राजनीतिमा दुईवटा समस्या देखेको बताए । उनले पहिलो समस्या भ्रष्टाचार भएको भन्दै यसको अन्त्य गर्नुपर्ने बताए । साथै उनले दोस्रो समस्या बृहत् चिन्तनको कमी भएको बताए ।

नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हिजो संसद विघटन गरेर ठिक गरे भन्नेले आज पनि त्यही कदम चाल्न सक्ने भएकाले सचेत रहन आग्रह गरे । उनले आफूहरूले एमालेबाट विद्रोह गरेको औचित्य पुष्टि गरिसकेको जिकिर गरे। 

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी पार्टी)का सम्मानित नेता झलनाथ खनालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भन्दै आएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा आफ्नो भएको जिकिर गरे । एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा आइतबार उनले एमालेको नवौँ महाधिवेशनमा आफूले उक्त नारा प्रयोगमा ल्याएको बताए ।

सम्मानित नेता खनालले महाधिवेशनबाट सकेसम्म सहमतिका साथ नेतृत्व चयन गर्न प्रस्ताव पनि गरे ।