देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिपेन्द्र अधिकारीको ‘ जिन्दगी खेल हो ’सार्बजनिक

देशान्तर

काठमार्डौं । गीतकार दिपेन्द्र अधिकारीको रचना ‘ जिन्दगी खेल हो ’ बोलको नयाँ गीतको भिडियो सार्बजनिक भएको छ ।
गीतमा राजकुमार बगरको संगीत र कमल सौरागको संगीत संयोजन रहेको छ ।

गीतमा द भ्वाइस सिजन ५ का बिजेता बिनोद राईको स्वर रहेको छ । भिडियोमा रिचा थापा, बिनोद राई, राजेन्द्र शर्मा,अर्जुन कुवर,रश्मी आचार्य, लगायतको अभिनय रहेको छ । गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन । भिडियोलाई बिरेन्द्र भाट विपिनले सम्पादन रंग संयोजन र निर्देशन गरेका हुन् । भिडियोमा लोकेन्द्र भाटको ग्राफिक्स रहेको छ ।


स्थायी घर पोखरा भएका हाल जापानमा बसोवास गर्दै आएका नेपाली संस्कृति, कला, साहित्यमा कलम चलाउने दिपेन्द्रका यसअघि ‘मनमोहक पोखरा’, ‘नेपालकी छोरी’ , ‘चुलबुल भान्जी’ ‘जीवनको रेल’ बोलका गीत सार्वजनिक भएका छन् ।