देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदीय समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात मगायो

देशान्तर

काठमाडौं । सहकारीको वचत रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले कार्यादेशको अनुसुची १ मा रहेको २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको स्थिति, लेखा परिक्षण प्रतिवेदन लगाएतका बिबरण पठाउनका लागि पत्रचार गर्ने निर्णय गरेको हो ।

समितिले आइतबार २०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा. युवराज खतिवडा, २०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र २०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग छलफल गरेको छ ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।