देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशको आर्थिक विकासका लागि सबै दल एकठाउमा आउनुपर्छ- गृहमन्त्री लामिछाने

देशान्तर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा आम जनता र नेताहरुको प्राथमिकता एउटै विषयमा नभएको बताएका छन् । 

नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरुको प्राथमिकता एकै नभएको बताएका हुन् ।

उनले देशमा राजनीतिक परिवर्तन भएर, संबिधान बनेर, सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहना अनुसार काम हुन नसकेको बताए । उनले शिर्ष नेताहरुबीच जनताको चाहना अनुसारको काम गर्न एक ठाउमा आउन नसकेको बताए । उनले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउमा आए जस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउमा आउनुपर्ने बताए ।

उनले देशको विकास गर्न सबै नेताहरु एक ठाउमा आउन आव्हान समेत गरेका छन् ।