देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रचनाको स्वरमा तीज गीत‘जोर मादल’

देशान्तर


काठमाडौं । गायिका रचना रिमालको स्वरमा तीज पर्व लक्षित मौलिक तीज गीत ‘जोर मादल’ रेकर्ड भएको छ ।
रिपोटर्स क्लब अमेरिकाको प्रस्तुति रहेको उक्त गीतको शब्द तथा लय प्रसिद्ध गीतकार लोकराज अधिकारीले तयार गरेकाहुन् । कृष्ण पुनको संगीत संयोजन रहेको उक्त गीत म्युजिक बैंक स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीत रेकर्डपछि गायिका रिमालले एक च्यानलसँगको कुराकानीमा आफूले यो सहित यो वर्ष अहिलेसम्म पाँचवटा तीज गीतमा स्वर भरेको र यो गीतको शब्द लय दुवै मन परेको बताएकी छन् । मौलिक गीत संस्कृति र पर्वहरूको पहिचान भएको उनले बताइन् ।गीतकार अधिकारीको यो गीत यो वर्षको दोस्रो तीज गीत हो । यस भन्दा अघि एलिना चौहानको स्वरमा गम्किदे मादलु बोलको गीत रेकर्डिङ भइसकेको छ । गीतको म्युजिक भिडियो पनि तयार भइसकेको छ । यो गीतको पनि छिट्टै भिडियो निर्माण गरिने क्लबका अध्यक्ष किसन रेग्मीले जानकारी दिएका छन् । रचना र लोकराजको यो चौथो गीति सहकार्य हो । यसअघि चलचित्र म त मर्छु की क्याहो मा समावेश ओओ मेरो परान, आमा मेरि आमा, र आफैं कुरो बुझ मायाले बोलको गीतमा उनीहरूको सहकार्य भइसकेको छ ।