देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘न मैले लेखें, न उनले लेखिन’ सार्वजनिक

देशान्तर


काठमाडौं । गायकहिमाल सागरको स्वर र संगीतमा २०६० सालमातयार भएको ‘रिलेसन’एल्बममा समावेश सुपरहिट गीत ‘न मैले लेखें, न उनले लेखिन’को नयाँ भर्सन सार्वजनिकगरिएको छ।
सार्वजनिकगीतमामानस केसीको शब्दरहेको छ भने योगेश काजीले एरेन्ज गरेकाहुन् । यहीगीतमार्फत स्थापितभएकागायकहिमाल सागरले तत्कालीन समयमा एक लाखपचास हजारभन्दा बढी अडियो क्यासेट बिक्रीभएको जानकारी दिए । ‘कन्सर्टमा म देश होस् वाविदेश सबैभन्दा बढी गीतयहीगाएको छु । यो गीतलाई अहिलेको मर्म र भावअनुसार तयार गरेको छु । पहिलाको भन्दा मेलोडी फास्ट छ, कोरस गायनथपिएको छ, एरेन्जमा फरक गरेका छौँ, यो अहिलेको प्रविधियुक्तआधुनिक शैलीमातयार गरिए पनि मिठास भने उही नै छ’, गायकहिमालले भने ।


पहिलो गीत नै सफल भएपछि गायकहिमाल सागरले ‘मेरो मायामारेपछि’,‘तिमीले मायानगरे’,‘मेरो मनमाआगो लाउने को’,‘तीन ढिके फूलीलाएर आइछौ’,‘कल्लाई थाहा छौँ’ लगायत हिट गीत सार्वजनिकगरिसकेका छन् । गीतमागायकहिमालसँगै अभिनेत्री केकीअधिकारीले अभिनय गरेकी छिन् । अभिनेत्रीअधिकारी यो गीतआफ्नो स्कुल र कलेज लाइफमा मन पर्ने लिस्टमा एक नम्बरमा रहेको बताइन् । उनले भनिन्, ‘यो गीत सुन्न रेडियोमा फरकफरक नाममाफोन गर्थे । धेरै साथीलाई डेडिकेट पनि गरेकी छु । यो गीत मेरो सधैं फेवरेट थियो । अहिले नयाँभर्सनमाबन्दाकामगर्ने मौकापाउँदानिकै हर्षित छु ।
उनले आफू अस्ट्रेलियामा रहँदा नै यस गीतको भिडियोमाकामगर्ने अफर आएकाकारण भ्रमण छोट्ट्याएर नेपालफर्किएर काम गरेको बताइन् । भिडियोमानिकेश खड्काको निर्देशन, धीरजजंगशाहको छायांकन, विकास धमलाको सम्पादन रहेको छ । पहिलो भिडियोभन्दा फरक र सरल प्रस्तुतिनयाँगीततयार गरिएको निर्देशक खड्काले बताए ।
उनले भने,‘पुरानो लोकप्रियगीतहुँदा सम्पूर्ण दायित्व भिडियोमा आउँछ किनकिगीतपहिले सफलभइसकेको हुन्छ । त्यसकारण यसको प्रस्तुतीकरणमा सोहीदायित्वबोध गरेको छु । यसमापनि प्रेम प्रसंग नै देखाएको छु तर शैली फरक छ । यो गीतको कथासँगअहिलेको पुस्ताले रिलेट गर्नु हुनेछ भन्ने विश्वास छ ।’