देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बूढीगण्डकी बारे बाबुरामको प्रधानमन्त्री प्रचण्डलाई अल्टिमेटम

देशान्तर

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन माग गर्दै सरकारलाई मागपत्र बुझाएका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई डा. भट्टराईसहित पार्टीका नेता र गोरखाका सांसदहरुसहित सिंहदरबार पुगेका थिए ।

भट्टराईले तीन बुँदे मागसहित बूढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएका छन् ।  उनको मागको पहिलो नम्बरमा अहिलेको विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्नुपर्ने उल्लेख छ । त्यस्तै अधिकार सम्पन्न प्राधिकरणमार्फत् समग्र बुढीगण्डकी कोरिडोर विकासका कामहरू अघि बढाउनुपर्ने र आयोजना प्रभावित नागरिकहरूका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने माग पनि उल्लेख छ ।

प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउनु अघि डा. भट्टराईले गोरखाका नेता, सांसद र स्थानीयसँग पनि यसबारे छलफल गरेका थिए ।

बाबुरामले प्रधानमन्त्री प्रचण्डलाई आगामी भदौ मसान्तसम्म माग पूरा नभए सबै सरोकारवालाहरू एकताबद्ध भएर सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।