देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

५५ हजारमै थाइल्याण्ड टुरको प्याकेज -किस्ताबन्दीमा घुम्न पाइने

देशान्तर

काठमाडौं । रुप्से होलिडेजले ५५ हजार नेपाली रुपैयाँमै थाइल्याण्ड घुम्ने प्याकेजको घोषणा गरेको छ । होलिडेजले ४ रात ५ दिनको थाइल्याण्ड टुरको प्याकेज ल्याएको हो । रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार मात्रै ५४ हजार ९ सय ९९ रुपैयाँमा थाइल्याण्डमा थ्री स्टार होटलको रुमसहितको प्याकेज उपलब्ध गराइएको हो ।

प्रबन्ध निर्देशक पराजुलीका अनुसार होलिडेजले ५४ हजार ९ सय ९९ रुपैयाँमा दुईतर्फी हवाई टिकट, दुई रात पटाया तथा दुई रात बैंककको थ्री स्टार होटलको ब्रेकफास्टसहितको बास खर्च, लञ्चसहित पटायाको कोरल आइल्याण्ड टुर, बैंककको सिटी टुर र एअरपोर्ट पिकअप तथा ड्रप समावेश गरिएको छ ।

ग्राहकले भिसा शुल्कको भने थप तिर्नुपर्नेछ । भिसा शुल्क र प्रोसेसिङसहित कुल ६३ हजार रुपैयाँमा थाइल्याण्डको टुर प्याकेज ल्याइएको रुप्सेले जनाएको छ । तत्काल सबै रकम तिर्न नसक्ने ग्राहकका लागि रुप्से होलिडेजले जिरो डाउन पेमेण्टमै किस्ताबन्दीमा घुम्ने समेत सुविधा दिने पराजुलीले जानकारी दिए । २४ महिना मासिक ३ हजार रुपैयाँका दरले किस्ताबन्दीमा घुम्ने अवसर पाइने होलिडेजले जनाएको छ ।