देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रथि सिग्देलको उमेर विवादबारे रक्षामन्त्री र प्रधानसेनापतिले जवाफ दिनुपर्ने आजपाका अध्यक्ष साह

देशान्तर

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपाली सेनाका रथि अशोकराज सिग्देलको उमेर विवादको सम्बन्धमा रक्षामन्त्री र प्रधानसेनापतिले जवाफ दिनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै साहले रथि सिग्देलको उमेर विवाद रहेको भन्दै यस सम्बन्धमा रक्षामन्त्री हरि उप्रेती र प्रधानसेनापति प्रभुराम शर्माले जवाफ दिनुपर्ने बताएका हुन् । उनले रथिमाथि प्रश्न उठ्दा प्रधानसेनापति र रक्षामन्त्री चुप लागेर बस्न नमिल्ने बताए । उनले जे छ त्यो विषय स्पष्ट आउनु जरुरी भएको बताए ।