देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत विश्वकप क्रिकेटको फाइनलमा

देशान्तर

भारत आईसीसी टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गयानामा गएराति भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत तेस्रो पटक टि–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

भारतले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६ ओभर चार बलमा एक सय ३ रनमा समेटियो । इङ्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए । भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । उसका ओपनर तथा कप्तान रोहित शर्माले सर्वाधिक ५७ रन बनाए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले तीन विकेट लिए ।

भारतले फाइनलमा दक्षिण अफ्रिकासँग पर्सि आइतवार प्रतिस्पर्धा गर्नेछ । हिजै भएको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो भने सन् २००७ को पहिलो संस्करण जितेको भारत तेस्रो पटक फाइनल पुगेको हो ।