देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नटेर्ने मन्त्री फेर्न वा हटाउन नसक्ने हो भने प्रधानमन्त्रीलाई बालुवाटारबाट डेरा सार्न गगनको सुझाव

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले भनेको नटेर्ने मन्त्री फेर्न वा हटाउन नसक्ने हो भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफैं बालुवाटारबाट डेरा सार्न सुझाव दिएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले स्थानीय सरकार प्रमुखहरूले सम्मानिकरण अनुदान सत प्रतिशत नै चाहिन्छ भनेर भनेको विषयमा बोल्दै भने ‘ प्रधानमन्त्रीले भन्नुभएछ, मेरो त मन छ तर मन्त्रीले मानेनन्,’ प्रधानमन्त्री दाहाललाई लक्षित गर्दै थापाले भने, ‘यो संसदीय व्यवस्था हो, नटर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने।’

थापाले स्थानीय तहहरूलाई दिइने सम्मानिकरण अनुदान स्थानीय सरकारको संवैधानिक हक र संघीय सरकारको संवैधानिक दायित्व रहेको बताए । थापाले भने, ‘वडाको क्षेत्राधिकारमा बजेट हाल्न नलजाउने अनि स्रोत छैन भनेर कटौती गर्ने? यो अस्वीकार्य छ।’