देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यसचिव अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा लिएर अख्तियार विशेष अदालतमा

देशान्तर

काठमाडौँ । अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा लिएर आइतबार अख्तियार विशेष अदालत पुगेको छ ।

अख्तियारका कर्मचारीहरुले अदालतमा फाइल पेश गरेको र अहिले रुजु गर्ने क्रम चलिरहेको विशेष अदालतले जनाएको छ ।
सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो । जसअनुसार अन्तःशुल्क स्टिकर छपाइको ठेक्का २०७९ मंसिर २६ मा प्रिन्टसेल प्रालिले पाएको थियो । जसमा भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ