देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुँवर खोस्न नसकेपछि रविको प्रष्टोक्ति

देशान्तर


काठमाडौं । सुशासन र प्रहरी प्रशासन हस्तक्षेपमुक्त बनाउँछु भन्ने नारा दिएर दोस्रो पटक गृहमन्त्रीबनेका सहकारी काण्डमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने १०० दिनमै गृह प्रशासनमा विवादित त बनेकै थिए, पछिल्लो पटक उनको हस्तक्षेप सहन नसकेका नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) वसन्त कुँवरलाई हटाएर उनका ‘एसम्यान’का रुपमा चिनिएका एआईजी श्यामलाल ज्ञवालीलाई आईजीपी बनाउने सपना प्रधानमन्त्री प्रचण्डले तुहाएपछि स्पष्टीकरण दिँदै हिँडेको गृहसूत्रले देशान्तरलाई बताएको छ ।
सूर्यदर्शन सहकारीको पूरक जाहेरी बाहिर आए पछि रन्थनिएका गृहमन्त्री रवि लामिछानेले सहकारीको ठगी प्रकरण लुकाउन आफूलाई साथ नदिएको झोकमा प्रहरी महानिरीक्षक कँुवरलाई असहयोग गरेको आरोपमा महानिरीक्षकबाट हटाउन लामो कसरत गरे पनि माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली सहमत नहुँदा ब्याक भएका छन् ।
अहिले उनले एक दर्जनभन्दा बढी सहकारी ठगी मुद्दामा संलग्नभएको आरोपमा परेका जीबी राई मलेसियामा रहेको आफैंले पुष्टि गरेका छन् ।
श्री एयर लाइन्सको परीक्षण उडानका लागि भरतपुर पुगेकाबेला पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले राईको खोजी भइसकेको र नेपाल फर्काउने प्रयास भइरहेको बताए । राई मलेसियामा रहेको जानकारी विश्वसनीय रहेको लामिछानेले बताए ।
राई अध्यक्ष हुँदा ग्यालेक्सी टीभीको प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका लामिछाने पनि राईसँगै सहकारी ठगी मुद्दामा आलोचनाको अहिले पनि सामना गर्नु परेको छ । उनले यो मुद्दालाई मोड्न सत्ताको दुरुपयोग आरोप उनी माथि कायम छ ।