देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राचीन कथा-तिर्खाएका राजाले विवाह गरे



सातवाहन एक प्रसिद्ध राजा थियो । उसले धेरै राज्य जितेको थियो । उसका कैयौं रानी थिए ।
सातवाहन छैटौं शताब्दीतिरको राजा थियो । तर यसबारे स्पष्टतासाथ कसैले बताउन सकेको छैन ।
सातवाहन त्यही राजा थियो, जसले गुणाढ्यको बृहत्कथालाई अस्वीकार गरेको थियो, किनभने, त्यो पैशायी भाषामा थियो । राजाबाटै दुःखी भएर गुणाढ्यले आफ्नो कथाका धेरै भाग नष्ट गरेको थियो । अहिले त्यो कथाको जति पनि शेष भाग छ त्यो जलाउन नसकेको अंश हो । सातवाहनको यी कथा पनि त्यसैको एक अंश हो ।
राजा सातवाहन अत्यन्त प्रतापी राजा थियो र उसको कीर्ति चारैतिर फिँजिएको थियो । उसको राज्य यति शक्तिशाली थियो कि अन्य कुनै राजालाई उसमाथि विजय प्राप्त गर्ने साहसै हुँदैन थियो ।


एकदिन सातवाहन सिकार खेल्न अयान्तक भन्ने वनमा गएको थियो । लामलस्कर लिएर गए पनि एउटा हरिणको पिछा गर्दा गर्दै ऊ आफ्ना सैनिकहरूबाट छुट्टियो । उसलाई दोधार भयो, सैनिकहरूलाई पर्खुन कि हरिनको पिछा गर्नु ? अन्त्यमा उसले निर्णय ग¥यो, सैनिक त मलाई खोज्दै जसरी पनि आइहाल्छन् यो हरिन हत्तपत्त हात पर्दैन । हुन पनि त्यो हरि अत्यन्त सुन्दर थियो । तर धेरै बेर घोडा दगुराएपछि वाण हान्न जसै खोज्यो, तसै त्यो हरिन कुनै वृक्षको झाडमा पथ्र्याे, जसले गर्दा त्यो हरिन हात पर्दैनथ्यो । धेरैबेर यस्तै गर्दागर्दै, अन्त्यमा हरिन कता हरायो कता राजाले देख्नै सकेन । अन्त्यमा राजा थकिन भएर घोडाबाट ओल्र्याे र वृक्षको छायाँमुनि विश्राम गर्न थाल्यो । वृक्षको आड लागेर विश्राम गर्दागर्दा थालेको राजा भुसुक्कै निदाएछ । दुई घण्टा सुतेर उठ्दा राजालाई भोक प्यास दुवै लागेर आयो । यता जति हे¥यो फलयुक्त वृक्ष कुनै पनि थिएन । चारैतिर हे¥यो, कतै खोला कुवा कुनै पनि प्रकारको जलाशय थिएन राजालाई भने भोक प्यासले फत्र्याकफत्र्याक पार्न थाल्यो ।


ऊ आफ्नो घोडामा चढ्यो र हेर्दै हिँड्न थाल्यो कतै जलाशय वा फलफूल देखिन्छ । निकै बेर हिँडेपछि केवल बञ्जर जग्गा मात्र देखिने र ससाना बुटाबुटी मात्र देखेपछि, राजा निराश हुँँदै हिँडिरह्यो ।
घार डुब्न अब दुई घडी मात्र बाँकी थियो । बिहानदेखि भोको र तिर्खाएको राजा सातवाहनर्लाइ लाग्न थाल्यो, यस्तो गरी रात प¥यो भने र मैले आश्रय स्थल पाइन भने मेरो मृत्यु निश्चित छ ।
यस्तो सोच्दै हिँडिरहेको राजाले घाम डुब्नु ठीक अघि देख्यो अगिल्तिर एउटा कुटी छ । कुटीकै छेउमा एउटा कुवा पनि छ त्यति मात्र होइन, कुवामा एउटी अत्यन्त रूपवती कन्या, उभिएकी छे र त्यसबाट पानी भरेर आफ्ना घडा भर्दै छ ।
राजा सातवहन यो दृश्य देखेर अत्यन्त प्रसन्न भयो । अब उसलाई आशा भयो भोक र प्यासले नष्ट होला भन्ठानेको शरीरको रक्षा हुने भयो ।


राजा घोडा दुगुराउँदै त्यतैतिर लाग्यो । कन्यातिर गएर ओल्र्याे । यतिन्जेल कन्याले राजामाथि ध्यान दिएकी थिइन । राजा नजिक पुगेपछि झस्केर राजालाई हेरी र किचिक लज्जावश आँखा निहुराएर आफ्नो कम्युकीतर्फ हेर्न थाली । राजा उसको यो मुद्रामा झन् रिम्झियो । तर उसले आफ्नो भाव प्रकट ुन दिएन । नवयुवती । नितान्त अपरिचित थिई र जंगलको यस्तो घनघोर एकान्तमा भेटिएकी थिई । पतिले यो भूतप्रेत राक्षस मानव कुनै वर्गको हो, त्यो जान्ने उत्सुकता भयो ।
राजाले पुनः सोध्यो हे सुन्दरी म तिम्रा बारे जान्न अति उत्सुुक छु । तिमी मलाई विस्तारमा बताउ, तिमी को हौ र यस्तो एकान्त जंगलबीच एक्लै कसरी घडा भरिरहेकी छ्यौ । तिम्रो सुन्दर लालिमा युक्त अनुहारमा भएको थोरै पनि सञ्चार भएको देख्दिन । तिमी अप्सरा हौ कि, यक्ष कन्या हौ कि, अन्य कुनै योनिको कन्या हौ ।
बल्ल कन्याले मुख खोली उसको बोली कोइली समान मसिनो थियो । उसले बोलेको थगाबा कोइलीको आवाज आइरहेको होस् ।
नवयुवती कन्याले भनी, म एक ब्राह्मण कन्या हुँ मरो माताको दुई वर्ष अघि देहान्त भएकाले, यहाँ हामी दुई बाबुछोरी मात्र छौं ।
मेरा पिता राजदरबारका ज्योतिष हुनुहुन्छ । तर माताको देहावसानपछि पिता यस ठाउँमा तपस्वीको जीवन बिताउने हेतुले बस्नु भएको छ । उहाँको आकाशवाणी भएको थियो, तपस्या गरेर बस तिम्रो भलो हुनेछ । त्यस कारण उहाँ यस्ता जंगलको बीचमा बस्नु भएको हो । अन्य कुनै कारण छैन । अहिले उहाँ एक जजमान कहाँ उसकी कन्याको चिना पढ्न जानु भएको छ । आजै रात्रिसम्म आइपुग्ने कुरो थियो ।
राजाले भने–‘सुन्दरी तिम्रा पिताले तिम्रो चिनो हेर्नु भएको छ कि छैन ?’
छ कन्याले भनी लज्जाको भाव थियो उसको मुखमा ।
त्यसमा के छ त ?
युवतीले सलज्ज भनी– राजयोग छ भन्नु भएको छ ।’
राजाले भन्यो ठीक भनेछन् । सुन्दरी म यस राज्यको राजा हुँ । म तिमीलाई आफ्नी रानी बनाउन चाहन्छु ।’
युवतीले यो कुरा पितासँग गर्नुहोला । अहिले म तपाईंको खानपिनको व्यवस्था गर्दछु रात्रिभोजन गर्नुअघि सोम शर्मा नामक कन्याका पिता आइपुगे ।


राजाले आफ्नो कुरा राखे– ‘हे तपस्वी म तिम्री कन्यालाई आफ्नी रानी बनाउन चाहन्छु ब्राह्मण प्रसन्न भयो छोरीको चिनाले त्यही देखाएको थियो । त्यो फलित हुँदै थियो ।
ब्राह्मणले भन्यो– राजन छोरीको भाग्य मलाई थाहा थियो । यसमा म बाधा दिन्न । तर अहिले तपाईं फर्केर जानुहोस् र यी मेरी छोरी चन्द्रप्रभाको ज्योतिषअनुसार तोकिएको तिथिमा विवाह गरेर लिई जानुहोला ।
यसरी सातवाहन फर्केर गयो र एक महिनापछि लग्नअनुसार आएर धूमघामसित एक निर्धन बाबुकी छोरीलाई फर्कंदा रानी चन्द्रप्रभा बनाएर लागेको थियो । राजाका अन्य रानी भए पनि यी रानी अत्यन्त विदुषी हुनाले यिनको महत्व बेग्लै थियो, दरबारमा ।
(बाँकी पछि)