देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरमा खानेकै ठूलो स्वर

देशान्तर

काठमाडौँ । वीर अस्पतालका स्टोर किपरहरू माथि भ्रष्टाचारको उजुरी परेको छ  । भ्रष्टाचारको उजुरी प्रधानमन्त्री कार्यालय, अक्तियार दुरुपयोग ,राष्ट्रिय सतर्कता केन्द्र , स्वास्थ्य मन्त्री , स्वास्थ्य सचिव , सम्पत्ति शुद्धीकरण लगायतमा परेको हो  । उजुरीमा टेन्डर गर्दा पहिलै सेटिङ गर्ने र कमिसन लिने  , महँगो मा कोटेसनमा समान मगाउने , आवश्यक समान नमगाउने जसको कारण विभिन्न सेवा बन्द रहेको उल्लेख छ ।   

यस्तै कमिसनको खेलमा करोडौँको अनावश्यक सामान मगाएर थन्काउने गरेको र यस कार्यमा मेडिकल स्टोर प्रमुख  अ हे व टिकाराम पनेरु ,  अ हे व युवराज सुवेदी ,कार्यालय सहयोगी  नवराज धिताल जनरल स्टोरका वैकुण्ठ लुइँटेल र वीरका निर्देशक निर्देशक डा  सन्तोष पौडेल संलग्न रहेको उजुरीमा उल्लेख छ ।  अस्पतालमा   कर्मचारीहरूले  अस्पताल सुधार , बिस्तार ,बन्द सेवा सुचारु र अनियमितता को आवाज उठाउँदा यो समूहले समूहले धम्काउने, थर्काउने ,गुण्डा लगाउँछु र , मार्दिन्छु भन्दै हिँडेको पीडितहरूले बताएका छन् ।  यो समूहले मेडिकल माफियाको लागि मात्र काम गर्ने गरेको भन्दै उनीहरू माथि  छानबिन र कारबाही गर्न  कर्मचारी सङ्घ सङ्गठनले माग गरेका छन् । 

विभिन्न मितिमा बिभिन्न निकायमा दर्ता गरिएका उजुरीमा भनिएको छ 

सम्माननीय प्रधानमन्त्री ज्यू

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय

सिंहदरबार ,काठमाडौँ

श्री अक्तियार दुरुपयोग अनुसन्धान आयोग

टंगाल काठमाडौँ

माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ज्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

रामशाहपथ , काठमाडौँ

श्रीमान् सचिव ज्यु

राष्ट्रिय सतर्कता केन्द्र

सिंहदरबार ,काठमाडौँ

श्रीमान् सचिव ज्यु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

रामशाहपथ ,काठमाडौँ

श्रीमान् महानिर्देशक ज्यु

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग

पुलचोक ,ललितपुर

विषय : वीर अस्पतालमा को जनरल र मेडिकल स्टोरमा व्यापक अनियमितता (भ्रष्टाचार) भइरहेको हुँदा छानबिन गरी आवश्यक कारबाही गरी पाऊँ ।

सम्माननीय, माननीय एवं श्रीमान् ज्यु गरिब जनताको अस्पताल वीर अस्पतालमा पटक पटक अनियमितता भएको सार्वजनिक भएकै छ. अस्पतालका कर्मचारी, सरोकारवाला ,सञ्चार माध्यम हरूले पनि आवाज उठाउनुभएको छ। प्रधानमन्त्री कार्यालय बाट ती विषयमा स्वास्थ्य मन्त्रालय लाई ध्यानाकर्षण समेत गराउने गरेको छ , अक्तियार दुरुपयोग बाट पनि वीर अस्पतालमा र स्वास्थ्य मन्त्रालय मा पत्राचार गरिरहेको छ , राष्ट्रिय सतर्कता केन्द्रले त दुई पटक विस्तृत अध्ययन गरी अनियमितता देखिएको भनी प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेस गरेको , आवश्यक थप अध्ययन र कारबाही को लाई अक्तियार दुरुपयोग अनुसन्धान लाई प्रतिवेदन पेस गरेको थियो , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय लाई आवश्यक निर्देशन पनि दिएको थियो तर हाल सम्म ती अनियमितता ( भ्रष्टाचार )मा संलग्न लाई कुनै कारबाही भएको छैन अहिले पनि यस वीर अस्पतालमा मेडिकल स्टोर ,जनरल स्टोर, खरिद एकाइ ,अस्पताल फार्मेसी लगायतमा व्यापक अनियमितता भएको छ ,टेन्डर बाट सामान नलिने कोटेसनपटक पटक गरी करोडौँ को सामान खरिद गर्ने गरेको ,विपन्न नागरिक शाखा र सोको फार्मेसीमा अनियमितता ५० हजार माथि को सामान कोटेसन मा समान लिन परेमा अनलाइन मार्फत लिने प्रतिष्ठान कार्यकारीको निर्णय हुँदा पनि अनलाइन कोटेसन नगरी कमिसनको लाई महँगो मा आफूनिकट व्यापारी सँग सिधै लिने गरेको सो अनियमितता मा जनरल स्टोर प्रमुख वैकुण्ठ लुइँटेल ,मेडिकल स्टोर का अ हे व टिकाराम पनेरु ,युवराज सुवेदी का स नवराज धिताल , खरिद एकाइ मा अग्निधर बस्याल ले निर्देशक डा सन्तोष पौडेल सँग मिलेर टेन्डरमा पहिलै कमिटी बनाउँदा मेडिकल माफियाको योजनामा उनीहरूलाई नै टेन्डर पर्ने गरी स्पेसिफिकेसन बनाएर टेन्डर आव्हान गरी महँगो मा तिनै लाई पार्दिने र ठुलो कमिसन लिने, टेन्डरमा भएको सामान पनि महँगो मा कोटेसन मा आफू निकट सँग मगाउने कमिसन लिने , करोडौँ को नचाहिने समान मगाएर थन्क्याउने ,कमिसन नपाउने भए पछि अत्यावश्यक समान नमगाउने सो कारण अस्पतालका  विभिन्न विभाग र सेवा बन्द छ ती विभाग र बन्द सेवा बारे त्यहाँका कर्मचारीहरू नै दुवै स्टोर किपर र निर्देशकले कमिसनको कुरा नमिल्दा समान आएन र सेवा बन्द भएको भन्छन् ।

निर्देशक साँझ ५ बजे पछि कार्यालय मा व्यापारीहरू स्टोर किपर टिकाराम ,युवराज,वैकुण्ठ ,नवराज लगायतलाई बोलाउँदै पैसा बुझी भागबन्डा गर्ने गरेको निर्देशक सचिवालय कै सदस्य बताउँछन् । निज निर्देशक डा सन्तोष पौडेल राष्ट्रिय ट्रमा सेन्टर को प्रमुख हुँदा पनि अनियमितता गरेकाले अक्तियार दुरुपयोग अनुसन्धान आयोग मा छानबिन भइरहेको छ), समयमै टेन्डर नगरी कोटेसन मा समान लिई करोडौँ कमिसन खाने गरेका छन् , अनावश्यक (नचाहिने ) सामान करोडौँ को मगाएर राख्ने ( स्टोर र फार्मेसीमा )तर आवश्यक ओषधि ,समान नमगाउने , यी वीर अस्पतालका पुराना भ्रष्टाचारी समूह हो जसलाई मेडिकल माफिया ले चलाउँछन् यी भ्रष्ट समूहले अस्पताल कब्जामा राखिरहेका छन् कसैले अस्पताल सुधार र अनियमितता कुरा उठाए धम्काउँछन्, गुण्डा लगाउने तर्साउने ,परिवारै मार्दिन्छु भन्छन् अस्पतालको बजेटमा हालीमुहाली गरेका छन् प्रतिष्ठानका पदाधिकारी पनि यी अस्पतालका भ्रष्ट समूहका नाइकेहरू सँग बोल्न सक्दैनन् ।

कर्मचारी को १२ महिना देखिको अतिरिक्त समय काम गरे बापतको पारिश्रमिक नदिने तर कमिसन को लाई अनावश्यक करोडौँ सामान मगाएर थन्किएको छ स्टोर मा आएर हेर्दा स्पष्ट थाहा हुन्छ । हालै विज्ञापन भएको १०० नर्स मा पनि आफूनिकट लाई २-३ लाख लिँदै नाम निकाल्छु भनेर पौडेल, पनेरु ,सुवेदी ,धिताल र लुइँटेल र यिनको समूहले २०-३० जना जम्मा गरेको परीक्षा समिति श्रोत बताउँछ यो सबन्धमा कर्मचारी ले प्रतिष्ठानमा कुरा गर्दा प्रशासन प्रमुख आफूले पनि सुनेको तर यो भन्दा बढी थाहा नभएको, निर्देशकले आफू काहा कुनै फाइल ल्याउदैनन सिधै माथि जान्छन् अरू थाहा भएन एक पदाधिकारी ले भने ।यस वीर अस्पतालमा यतिका भ्रष्टाचार हुने गरेका छ यो आ व २०८०/८१ को सम्पूर्ण आम्दानी र खर्च (आन्तरिक र नेपाल सरकारको अनुदान )साथै वर्ष भरिको टेन्डरमा के कति मेडिकल ,जनरल र फार्मेसी समान ,उपकरण कुन फर्म सँग खरिद गरेको सो को खर्च र के कति मौज्दात छ साथै कोटेसनमा कुन कुन समान खरिद गरेको कुन फर्म सँग कति मूल्यमा लिएको हो सो सबै छानबिन गरी अनियमितता (भ्रष्टाचार )गर्ने माथि आवश्यक कारबाही को लागि अनुरोध गर्दछौँ ।

साथै उल्लेखित व्यक्ति र शाखा का कर्मचारी को सम्पत्ति समेत छानबिन गरी पाऊ। यस अनियमितता विषयमा प्रतिष्ठान पदाधिकारी सँग कुरा राख्दा कुनै सुनुवाइ भएको छैन । अस्पताल जोगाउन यी भ्रष्ट लाई तत्काल सम्पत्ति छानबिन र कारबाही गर्नु पर्छ । यिनै भ्रष्ट का कारण अस्पताल सेवा बिस्तार भएको छैन, एमआरआई बनेको छैन,ल्याब मा विभिन्न जाँच बन्द छ, आइसियु पूर्ण रूपमा सन्चालनमा आएको छैन, फार्मेसीमा मेडिसिन छैन, केही वार्ड बन्द छ यो सबै भ्रष्ट समूहले कमिसन नपाएका कारण सामान नमगाएर बन्द भएको हो ।

बोधार्थ

श्री चि वि रा प्र

श्रीमान् प्रमुख

कर्मचारी प्रशासन

चि वि रा प्र वीर अस्पताल

वीर अस्पताल कर्मचारी परिवार