देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहिद जोन्छेको सपना साकार पार्छाैं

देशान्तर


भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका पूर्वसभापति एवं सहिद राधेश्याम जोन्छेको १२औं स्मृति दिवसमा आयोजित ‘राधेश्याम जोन्छे व्यक्ति र व्यक्तित्व’ प्रवचन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतका वक्ताहरूले उनको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरे । जोन्छेलाई माओवादीदस्ताले गोली प्रहार गरी अशक्त पारेपछि उपचारको क्रममा १० महिनापछि ओछ्यानमा थलिएपछि उनले देहत्याग गरेका थिए । नेपाल विद्यार्थी संघका नेता जोन्छे भक्तपुर कांग्रेसका दुई पटक सभापति भएका नेता, प्रस्ट वक्ता र संगठक थिए ।

जोन्छेको नाममा स्थापित सहिद राधेश्याम जोन्छे प्रतिष्ठानले बर्सेनि रचनात्मक कार्यक्रम र भक्तपुरका सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको प्रतिष्ठानकी अध्यक्ष उनकी धर्मपत्नी बागमती प्रदेशकी पूर्वराज्यमन्त्री रजनी जोन्छेले कार्यक्रममा बताइन् ।
प्रमुख अतिथि महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसमा उत्सर्ग गर्ने सहिदहरूको लामो सूची रहेकोमा, नेविसंघका पूर्वमहामन्त्री एवं नेपाली कांग्रेस भक्तपुरका नेता राधेश्याम जोन्छे बी.पी.कोइरालाले विश्वास गरेका सहिदहरू योगेन्द्रमान शेरचन, सरोज कोइराला, दिवानसिहं राई र नेविसंघका नेताहरू राम/लक्ष्मण उपाध्याय सरहका सहिद भएको बताउँदै यस्तै सहिदहरूको उत्सर्गका कारण नेपाली कांग्रेस सबैभन्दा बलियो जगमा उभिएको लोकतान्त्रिक पार्टी भएको दाबी गरे ।

कांग्रेसबीचको एकता अहिले सबैभन्दा महत्वपूर्ण भएको बताउँदै गैरलोकतान्त्रिक शक्तिहरूको गठबन्धनले नेपाली कांग्रेस कमजोर भएको ठान्नु कार्यकर्ताहरूको भूल भएको भ्रममा नपर्न आग्रह गर्दै १२ रेक्टर स्केलको भूकम्पले पनि कांग्रेस जग भत्काउन नसक्ने उनले दाबी गरे । विपक्षीलाई होच्याउने सरकारको सबैभन्दा ठूलो घटक एमालेका अध्यक्ष केपी ओली र नयाँशक्तिको रूपमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको मिलन नै रहस्यात्मक भएको बताएका शर्माले लामिछानेलाई ‘क्लिनचिट’ दिलाउन निष्पक्ष सहकारी छानबिनको समिति बनाउन कांग्रेसले माग गरेको स्मरण गराए । झन्डै ७३ लाख जनता जोडिएको सहकारी व्यवसायमा केही बदनाम भएको कारण कांग्रेस जनताको लागि सडक र संसद्मा उत्रिएको बताउँदै उनले गृहमन्त्री रवि लामिछाने र उनी साझेदार भएको संस्था गोर्खा मिडिया नेटवर्क पनि आधा दर्जनभन्दा बढी सहकारीसँग करिब एक अर्ब रकम लिएर अपचलन गरेको उजुरी परेकोले मात्र छानबिन चाहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस भक्तपुरका सभापति एवं संघीय सांसद दुर्लभ थापा, प्रजातन्त्र सेनानी एवं पूर्वसभापति तिलक कायस्थ, पूर्वसभापति गणेशमान चक्रधर, जोन्छेका कार्यसमिति सदस्य एवं वरिष्ठ पत्रकार कबिर राणा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष वरिष्ठ अधिवक्ता बाबुराजा जोशी, प्रतिष्ठानका सदस्य मुरारी आचार्यले सहिद जोन्छे निर्भीक, निडर र प्रस्ट वक्ता भएको बताएका थिए ।