देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छायाकारले धोका दिँदा टेकरबाट छायाकार बनेका महेश

देशान्तर


काठमाडौं । विगत १० वर्षदेखि संगीतको क्षेत्रमा सक्रिय महेश महरा अहिलेका चल्तीका छायाकारहरूमध्येका एक हुन् । देउडा, लोक दोहोरी, आधुनिक गरी अहिलेसम्म करिब चार सय गीत छायांकन गरेका महेश छायाकार बन्नुअघि क्यामरा टेकरका रूपमा काम गर्थे । कलेज पढ्दा खाजा खाने खर्चको जोहो गर्नका लागि क्लासिक सिनेबाट सुटिङको टोलीमा जाने गरेका महेशले त्यतिबेला कालो कपडाले क्यामेरा छोपेर खिच्ने सिनियर छायाकारको गाली कति खाए खाए । उनीभित्रको रहरले गालीलाई सहजै पचाइदिन्थे महेश ।
करिब सात वर्षअघि सधैंजस्तो क्यामरा टेकरका रूपमा सुटिङ टोलीमा गएका महेशलाई त्यो दिन भने सुटिङ स्पटमा अकस्मात न सोचेको जिम्मेवारी आइलाग्यो । सुटिङका लागि तय गरेका छायाकार सुटिङका लागि गएनन् । अझ भनौं धोका दिए । उनले सुटिङ गर्ने टोलीलाई धोका दिँदा महेशलाई भने अवसरको ढोका खुल्यो । स्पटमै टोलीले निर्णय लियो महेशबाट छायांकन गराउने । त्यसछि महेशले खिचे पहिलो भिडियो गीतको बोल थियो तिमीलाई हेरेर लजाए मायालु । स्वर विक्रम थापाको कलाकारहरू थिए रीमा विश्वकर्मा र सुनील बराल । निर्देशक थिए लक्षु गौतम ।

त्यसयता उनि लगातार छायाकारका रूपमा सक्रिय भइरहेका छन् । उनले यो सात वर्षको समयमा थुप्रै नयाँ पुराना चल्तीका गायकगायिका, संगीतकार, गीतकार, कलाकारसँग सहकार्य गरिसकेका छन् । शूरवीर पण्डित, रामचन्द्र अधिकारी, केकी अधिकारी रीमा विश्वकर्मा, सुधीर श्रेष्ठ, सीडी विजय अधिकारी, लोमश शर्मा, प्रकाश सपुत , अन्जली अधिकारी, विमल अधिकारी ,विक्रम बुढाथोकी, शिल्पा पोख्रेललगायतका कलाकारसँगै प्रमोद खरेल, शिव परियार, स्वरुपराज आचार्य, आनन्द कार्की,राजु परियार, महेश औजी, उमेश मुस्कान, संगीता चौधरी, रेश बीसीलगायत थुप्रै गायकगायिकाका सिर्जनामा काम गरेका छन् ।
त्यसैगरी उनले कपिल लामा ,कुमार केसी, विक्रम चौहान, काजिश श्रेष्ठ , स्मृति तिमल्सीना , बिरेन्द्र भाट, धु्रव हिमाली ,प्रवीण भट्ट शिवन पोख्रेल, भीम थापा, सीडी विजय अधिकारी, मौसम हिमालीलगायतका चल्तीका निर्देशकहरूको एक्सन कटलाई क्यामेरामा कैद गरेका छन् । महेशले खिचेका, पाउको धुलो, आहा क्या दामी, जीवनको रेल, छैन है गुनासो, जाले रुमाल, डाँडैको चौतारी, झाल्लरी रुमाललगायतका गीतहरूको भिडियो दर्शकमाझ लोकप्रिय छन् ।