देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोदी र मेलोनीको सेल्फी पुन: भाइरल

देशान्तर

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ ।

इटालीमा जी ७ शिखर सम्मेलनको अन्तिम दिन शुक्रबार सारा विश्वको नजर इटालीको फासानो सहरमा केन्द्रित भएको थियो । यहाँ भेला भएका विश्व नेताहरूले विश्वमा भएका दुई युद्धदेखि एआई र जलवायु परिवर्तनसम्मका महत्वपूर्ण विषयमा छलफल गरेका थिए । यो शिखर सम्मेलन सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री मोदी र इटालीकी प्रधानमन्त्री मेलोनीले लिएको सेल्फी भाइरल भएको छ । मोदी र मेलोनीलाई सामाजिक सञ्जालमा ‘मेलोडी’ उपनाम दिइएको छ र यस सेल्फीलाई मेलोडी सेल्फी २.० भनिएको छ ।

यस अघि कोप २८ समिटमा लिइएको मोदी र मेलोनीको सेल्फी पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो र लाखौं मेम्स बनाइएको थियो ।