देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन- क्रिकेटको गरिमा घटायो

देशान्तर

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान) ले नेकपा एमालेका सांसद भीम आचार्यले संसदमा टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेकोप्रति खण्डन गरेको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसदमा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद र सांसदको गरिमा घटाएको उल्लेख गरेका छन् । उनले हुदै नभएको कपोकल्पित कुरा सांसदले उठाएको बताएका छन् ।

उनले क्रिकेटको नाममा राजनीति गर्न खोज्नेहरुले नेपाली क्रिकेट विवादित र विभाजन गर्न खोजेको समेत आरोप लगाएका छन् ।

सांसद आचार्यले जेठ ३० गतेको प्रतिनिधि सभामा ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको बताउदै छानबिन समितिको माग गरेका थिए ।