देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यशस्वी पुस्तक पुरस्कार २०८१ का लागि पुस्तक आव्हान

देशान्तर

काठमाडौ. । यशस्वी प्रज्ञा प्रतिष्ठानले यशस्वी पुस्तक पुरस्कार २०८१ का लागि पुस्तक पठाउन लेखक तथा प्रकाशकहरूलाई अनुरोध गरेको छ ।
पुरस्कारका लागि २०८० चैत्रको अन्त्यसम्ममा नेपाल र नेपाल बाहिर प्रकाशित नेपाली लेखकहरूले लेखेका नेपाली र अङ्ग्रेजी भाषाका पुस्तकहरू तीनप्रति यशस्वी प्रज्ञा प्रतिष्ठानको कार्यालय घाटेकुलो, काठमाडौंमा २०८१ असार २१ गते शुक्रबारसम्म उपलब्ध गराउन अनुरोध गरिएको छ । यसरी सहभागी पुस्तकहरूमध्ये कथा, गैरकथा, कविता, इतिहास, संस्कृति, अनुसन्धान र अनुवाद विभिन्न विधाका पाँच उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिनेछ ।

पुरस्कृत पुस्तकलाई २०८१ भदौ २२ गते शनिबार हुने तेस्रो काठमाडौं कलिङ साहित्य महोत्सवमा २० हजार नगदसहित सम्मान पत्र प्रदान प्रदान गरिने छ ।