देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुख्यमन्त्री पाण्डेलाई राप्रपाले विश्वासको मत दिने

देशान्तर

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले विश्वासको मत दिने भएका छन् । मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । त्यसपछि राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले विश्वासको मत दिने बताएका हुन् । गण्डकी प्रदेशसभामा राप्रपाका तर्फबाट दुई सदस्य छन् ।

आफ्नो दल नेपाली कांग्रेस राप्रपाको समर्थनसँगै पाण्डेलाई सरकार टिकाउन अब थप दुई सांसदको मत आवश्यक पर्छ ।विश्वासको मत प्राप्त गर्न ३१ सांसदको समर्थन चाहिन्छ । कांग्रेसका २७ प्रदेशसभा सदस्य छन् । राप्रपाका दुईसहित, नेपाल समाजवादी पार्टी ९नेसपा०का एक र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई आफ्नो पक्षमा ल्याउने र विश्वासको मत पाउनेमा उनी आशावादी देखिएका छन् ।