देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चलचित्र नालापानीबारे सभामुख संग निर्माताले गरे छलफल

देशान्तर

काठमाडौँ । श्रावण १८ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र नालापानीका निर्माता तथा निर्देशक रिमेश अधिकारी ले आइतबार सभामुख देवराज घिमिरे सँग भेटेर चलचित्रको बारेमा  छलफल गरेका छन्  । देशका सम्पूर्ण नेताहरूलाई चलचित्र देखाउने योजनामा रहेका अधिकारीले सभामुख सँगको छलफलमा चलचित्र को विषयवस्तु प्रस्टाउँदै चलचित्र लाई राज्यले पूर्ण सहयोगको अपेक्षा गरेको  बताएका थिए । यस विषयमा सभामुख  पनि सकारात्मक रहेको र पूर्णरुपमा साथ सहयोग रहने बताएको उनले जानकारी दिए 

केही समय पछि चलचित्र हेरेर फेरि छलफल गर्ने र के कस्तो साथ सहयोग गर्ने त्यही छलफल बाट निष्कर्ष निकाल्ने वचन दिएको पनि निर्माता अधिकारीले जानकारी दिए ।