देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकप खेल्ने

देशान्तर

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकप खेल्ने भएका छन् ।

अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले अब वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउने नेपाल क्रिकेट संघले जनाएको छ ।

क्यानका अनुसार सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । क्यानले यस अघि नै सन्दीपलाई नेपालको १५ खेलाडीको सूचीमा समावेश गरको थियो ।

नेपालले बुधबार श्रीलंकासँग अमेरिकामा खेल्दै छ भने त्यस पछि जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजमा खेल्दै छ ।

यस अघि नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो । यसैबीच वेस्ट इन्डिज पुगेका सन्दीप लामिछानेले सबैलाई धन्यवाद दिएका छन् ।

विश्वकपमा सहभागी गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले क्यान पदाधिकारीहरूको नाम जोडेर फैलाइएका प्रपोगाण्डामा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् ।

उनले विश्वकप क्रिकेटमा सहभागितालाई सम्भव बनाउन क्यान अध्यक्ष चतुर बहादुर चन्द, क्यानका सचिव पारस खड्का, वकिल सरोज घिमिरे, विनोद दास लगायतलाई धन्यवाद दिएका छन् ।