देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदै छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारतको नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी भारत पुगेका छन् । हिजै भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो ।

भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो ।