देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सीडनीमा माई एम्बीसन कन्सल्टीङको ठगी धन्दा-नेपाली विद्यार्थीबाट करोडौँ असुलेर कन्सल्टीङ बन्द

देशान्तर

 काठमाण्डौं । अध्ययनका लागि अस्ट्रेलिया पुगेका नेपाली विद्यार्थीलाई सीडनीकोे पारामाटास्थीत  माई एम्बीसन कन्सल्टीङले लाखौँ ठगी गरेको समाचार प्राप्त भएको छ । 

तीन दर्जन भन्दा बढी विद्यार्थीबाट विभिन्न शीर्षकमा प्रति व्यक्ति ३० लाख ४५० डलर उठाएर अहिले कन्सल्टीङ बन्द गरेर विद्यार्थीलाई ठगी गरेको  हो । प्रमाण सहित देशान्तरको सम्पर्कमा आएका एक पीडित विद्यार्थीका अनुसार  उक्त कन्सल्टीङले पढाइ सकेर अस्थायी भिसामा रहेका विद्यार्थीलाई जागिर मार्फत पिआर दिलाइदिने आश्वासन दिएर लाखौँ ठगी गरेको हो  । पिआर दिलाइदिने आश्वासनमा परेर तिस देखि चालिस हजार सम्म डलर बुझाएका विद्यार्थी हरू भिसा अस्वीकार भएपछि घर न घाटको भएका छन् । दुई नेपाली विद्यार्थी त बाल बच्चा बोकेर नेपाल फर्किन समेत बाध्य भएका छन् । 

अस्ट्रेलिया रहेका केही अग्रज सन्चारकर्मीहरुले पनि यसबारे सामाजिक सञ्जालमा लेखेका छन् सिराहाबाट उज्ज्वल भविष्यको कामना गरेर आएका आशीष ब्याचलर सकेर पिआर को आसमा ३२ हजार डलर तिरेर यस्ता ठगको भुमरीमा परेर २२ महिनाको बच्चा च्यापेर नेपाल फर्किँदै छन् !! यो भन्दा ठुलो पीडा के होला !! त्यति मात्र हैन अझसम्म २३ जनाले प्रहरी र विभिन्न सङ्घ संस्था गुहारी सकेको अवस्था हो !! यो भन्दा कहाली लाग्दो अवस्था के होला !! हामी सबै चुप लागेर बस्ने हो भने भोली अर्को बिजनेस नाममा यो ठगले अरू पचास जना नेपालीलाई अलपत्र बनाउँछ !! यसलाई उपचार गर्नै पर्छ !!! एउटा एम्बीसनमा हिँडेको ठग अर्को एम्बीसन लिएर फेरी पनि ठग्दै हिडनेछ !!!

माई एम्बीसन कन्सल्टीङको ठगीका कारण पीडित आशिष कार्की यतिबेला बालबच्चा सहित नेपाल फर्कन बाध्य भएका छन् । यसैबिच ठगी धन्दा गर्ने माई एम्बीसन कन्सल्टीङ बन्द गरेर यही समूहले  बियोण्ड बोडर्स माइग्रेसन सोलुसन प्रा ली नामक अर्को संस्था सुरु गरेको पनि खबर प्राप्त भएको छ ।  माई एम्बीसन कन्सल्टीङको ठगी विरुद्ध पीडितहरूले कन्सल्टीङ सञ्चालक अभिनय भण्डारी विरुद्ध अस्ट्रेलियन  फेडरल पुलिस र शैक्षिक परामर्श निगरानी गर्ने सरकारी निकाय आस्क्वामा उजुरी  पनि दिएका छन् । यो समूहले यस अघि न्युजिल्यान्डमा पनि यस्तै   बदमासी गरेर अस्ट्रेलिया आइ बसेको  पीडितले बताएका छन् । नेपाल फर्केका केही पीडित बिद्यार्थीहरुले  नेपाल प्रहरीमा पनि ठगी मुद्दामा उजुरी दिएका छन् ।