देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पर्यटकको भिसामा अमेरिकमा सांगीतिक कार्यक्रम गैरकानुनी

देशान्तर


काठमाडौं । सांगीतिक कार्यक्रमको लागि अमेरिका पुग्न नेपाली कलाकारहरूले गैर कानुनी तरिका अपनाउने गरेकोले उनीहरूलाई आगामी दिनमा समस्या पर्ने तर्फ शुभेच्छुकहरूले सचेत गराएका छन् ।
अधिकांश नेपाली कलाकारहरू पर्यटक भिसामा सांगीतिक कार्यक्रमकालागि अमेरिका पुग्ने गरेका छन् । पर्यटक भिसामा गएकाहरूले सांगीतिक कार्यक्रम गर्नुलाई अमेरिकी सरकारले गैरकानुनी भनेर व्याख्या गरेको छ् । पर्यटक भिसामा सांगीतिक कार्यक्रमकालागी अमेरिका पुगेका केही नेपाली कलाकारलाई त अमेरिकाले फर्काइदिएको थियो । अंग्रेजी नयाँ वर्ष २०२३ मा हुन लागेको सांगीतिक कार्यक्रमकालागि २०२२ को डिसेम्बर १० मा अमेरिका उडेकी गायिका आस्था राउतलाई पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने भन्दै डालस अध्यागमनले नेपाल फिर्ता पठाएको थियो । जुन कुरा उनी आफैंले पनि सार्वजनिक गरेकी थिइन् ।


गायिका राउतले त्यसअघि २०१७, २०१८ र २०२१ मा भिजिट भिसामै कन्सर्ट गरेकोबारे अध्यागमनलाई जानकारी गराएकी थिइन् तर उनलाई काठमाडौँ दूतावासमा पुगेर पुनः पी–३ भिसा (पर्फमेन्स भिसा)लिएर आउन भनिएको थियो । तर अधिकांश प्रस्तोताहरूले बि १, बि २ भिसा लिएर प्रस्तुति दिन अमेरिका जाने गरेका छन् । बि २ भिसामा अमेरिकामा पुगेकाहरूले सांगीतिक कार्यक्रमहरूमा भाग त लिन पाउँछन् तर दर्शकको रूपमा मात्र । अहिले पनि अमेरिकामा आयोजना हुने विभिन्न कार्यक्रममा जाने कलाकारहरूको पोस्टर सार्बजनिक भएका छन् । उनीहरूलाई प्रस्तोताकै रूपमा प्रचार प्रसार गरिएको छ । तर पी–३ भिसा नलिएर उड्न लागेका प्रस्तोतालाई अमेरिका पुगिसकेपछि त्यहाँको अध्यागमनले फर्काइदिन सक्ने तर्फ प्रस्तोताले ध्यान दिएका छैनन् ।