देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्युजिकखबर म्युजिकअवार्डको ११औं संस्करण सम्पन्न

देशान्तर


काठमाडौं । म्युजिकखबर म्युजिक अवार्डको ११औं संस्करण शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा यस बर्ष ५१ हजार रुपैयाँसहितको दीर्घ साधना सम्मान प्रतिष्ठित गीतकार चूडामणि देवकोटालाई, पप सम्राट् ओमविक्रम विष्टलाई म्युजिकखबर डायस्पोरा संगीत सम्मानअशोककुमार राईलाई म्युजिकखबर रजत संगीत सम्मान अपर्ण गरिएको थियो ।
यसैगरी गायक राजु परियार र गायिका रीता थापामगरलाई म्युजिकखबर दशक संगीत सम्मान,गायक बैकुण्ठ महतलाई युवाप्रतिभा संगीत सम्मान, बाल गायक अशोक बाल प्रतिभा प्रोत्साहन सम्मान अर्पण गर्दा नगद राशि ५,५५५ रुपैयाँसहित पत्रकार डब्बु क्षत्री र सुदर्शन प्रसाद आचार्यलाई संगीत पत्रकारिता सम्मान अर्पण गरिएको थियो । व्यवसायी समाजसेवी विष्णु शाही ठकुरीलाई सामाजिक व्यक्तित्व सम्मान अर्पण गरिएको थियो ।
कार्यक्रममा विभिन्न ३८ विधाका स्रष्टा, सर्जक, कलाकारहरूलाई अवार्ड प्रदान गरिएको थियो । अवार्डमा गायक कर्ण दास र गायिका संगीता राना प्रधान उत्कृष्ट आधुनिक गायक गायिका घोषित भएका थिए । चलचित्रतर्फ गायक राजनराज शिवाकोटी र गायिका सत्यकला राईले आफ्नो विधाको अवार्ड चुमेकाथिए ।

१ औं म्यूजिक खबर म्यूजिक अवार्डमा विशिष्ट कला साधकहरुको सहभागिताले ११ औं वर्षसम्म निरन्तरता पाएको र गीतसंगीत क्षेत्रमा क्रियाशील स्रष्टा, कलाकारहरुलाई सम्मान तथा प्रत्साहनको कार्य गर्न पाएकोमा म्यूजिक खबर सदैव ऋणी रहेको अवार्डका अध्यक्ष सुमन पण्डितले बताए । अध्यक्ष पण्डितले कार्यक्रम सम्पन्न पार्न सहयोग पु¥याउने श्री केश हेयर आयल, अफिसियल टेलिभिजन प्रिज्मा टेलिभिजन, प्रयोजकहरु कृषि विकास बैंक, सूर्य नेपाल, नेपाल टेलिकम, आइआइएफटी फेसन, कामना सेवा विकास बैंक लगायतका प्रयोजकहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा मोडलद्वय नारायणी खत्री र रितु तामाङले सम्मानित स्रष्टाको गीतमा नृत्य प्रस्तुति रहेको थिए । मोडलद्वय विजय पुन र अन्जु गुरुङको समूहको नृत्य प्रस्तुति रहेको थियो । त्यस्तै गायक रामजी खाँड, गायक मौसम गुरुङ र गायिका कालिका रोका मगरले गीत प्रस्तुत गरेका थिए । त्यस्तै गायक सुरज कुमार थापाले सम्मानितहरुको ट्रिटब्यूटमा गीत प्रस्तुत गरेका थिए । यसवर्ष श्री केशले मुख्यप्रायोजन गरेको थियो ।

विभिन्न ३८ विधामा अवार्ड प्राप्त गर्ने स्रष्टा कलाकारहरुको सूचि

सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
एक मुठी सास –उमेश लम्साल
सर्वोत्कृष्ट पप÷लोकपप गीतकार
मोहित मर्दन थापा –विहानी पख चरीले
सर्वोत्कृष्ट पप÷लोकपप संगीतकार
लेखु सहयात्री –माया र मोह
सर्वोत्कृष्ट पप÷लोकपप गायक
चेतन राई –तिमी धून बन
पपुलर गायक अफ दि इयर पप गीत
रमेशराज भट्टराई –मेरो क्रस हौ तिमी
सर्वोत्कृष्ट पप÷लोकपप गायिका
चाँदनी शाक्य –आकाशमा
सर्वोत्कृष्ट लोकगीत गीत पुरुष
एक्लै भयो पिपलु –विरही कार्की
सर्वोत्कृष्ट लोकगीत गीत महिला
हेरन त्यसरी कान्छा –अन्जु श्रेष्ठ
सर्वोत्कृष्ट कल्चरल गीत गायक
सागर गुरुङ – रोधीघरमा जोर मादल (सालैजो)
सर्वोत्कृष्ट कल्चरल गीत गायिका
सुमन थापा मगर–थर दिन्छौ र (पन्चेबाजा)
सर्वोत्कृष्ट कल्चरल गीत
माइली (कौरा) –मौसम गुरुङ÷पूर्णकला बिसी
सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा पुरुष
सचिन भट्टराई –बनमा स्याउला छ
सर्वोत्कृष्ट लोकदोहोरी नवप्रतिभा महिला
सपना सुनाम –सुन साइँली
सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
नारायणी खत्री –माया रैनछ
सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
विजय पुन –जुन माया
सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
दिपेन्द्र तिमिल्सिना –घर त गैरी गाउँ
सर्वोत्कृष्ट लोकदोहोरी संगीत संयोजक
डोलराज बाह्रघरे –पट्टकोके झोरा
सर्वोत्कृष्ट लोकदोहोरी सम्पादन
एचबीएन किस्मत –बनमा खयर
सर्वोत्कृष्ट शब्द लोकदोहोरी
रमेश परियार –बनमा खयर
सर्वोत्कृष्ट भाका लोकदोहोरी
विमल परियार –कहाँको साइनो
सर्वोत्कृष्ट लोकदोहोरी गायक
राजु गुरुङ –डुम्रे बजार
पपुलर गायक अफ दि इयर लोकदोहोरी
सुमन परियार –मैसाफ
सर्वोत्कृष्ट गायिका लोकदोहोरी
सन्जु न्यौपाने –लामो कपाल
सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायक
सागर बिसी
सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका
सिता परियार
सर्वोत्कृष्ट चलचित्र गीतकार
शंकर अधिकारी घायल –सिरुपाते जुँगामा (छक्कापञ्जा ४)
सर्वोत्कृष्ट चलचित्र संगीतकार
बाबुल गिरी –सिरुपाते जुँगामा (छक्कापञ्जा ४)
सर्वोत्कृष्ट चलचित्र पाश्र्वगायक
राजनराज शिवाकोटी –मार्सीधान (प्रसाद २)
सर्वोत्कृष्ट चलचित्र पाश्र्वगायिका
सत्यकला राई –काँडेतार (काँडेतरा)
सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार
दुर्गा पौडेल –भीर माहुरी
सर्वोत्कृष्ट भिडियो सम्पादक
विष्णु खड्का –शीरफूल
सर्वोत्कृष्ट भिडियो निर्देशक पप आधुनिक
बबिता श्रेष्ठ –कस्तो थिएँ
सर्वोत्कृष्ट भिडियो मोडल महिला पप आधुनिक
अनिता गिरी –सम्झनामा ताजमहल
पब्लिक च्वाइस अवार्ड आधुनिक गीत मोडल
सरस्वती खत्री –तिम्लाई आफ्नो ठान्नु
सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष पप आधुनिक
दिक्पाल कार्की –अधुरो सपना
सर्वोत्कृष्ट नवप्रतिभा पप आधुनिक पुरुष
प्रचण्ड राई –दिल खोलेर कुरा गर न
सर्वोत्कृष्ट नवप्रतिभा पप आधुनिक पुरुष
विमला गुरुङ –जूनको किरण
सर्वोत्कृष्ट युगल गायन
उदय सोताङ–मनिला सोताङ –नजाउ परदेश
पब्लिक च्वाइस अवार्ड युगल गायन
निमा शेर्पा–सुरक्षा सेन्चुरी –भन आज
सर्वोत्कृष्ट संगीत संयोजक आधुनिक
शाहस शाक्य –आजभोलि तिम्रो मेरो
सर्वोत्कृष्ट ध्वनि मुद्रक आधुनिक
विप्लव अधिकारी –एक चिम्टी सिन्दूर
सर्वोत्कृष्ट गीतकार आधुनिक
डि.आर –नजाऊ परदेश
सर्वोत्कृष्ट गीतकार महिला
किस्ना आचार्य रोशनी –याद
जुरी अवार्ड गीतकार महिला
संचिता कर्माचार्य –प्रतिक्षा
इन्करेजमेन्ट अवार्ड गीतकार
सिर्जना मञ्जरी –मेरी भूपू माया
सर्वोत्कृष्ट संगीतकार आधुनिक
सुरज कुमार थापा –तिमी दुख्दा
जुरी अवार्ड संगीतकार आधुनिक
सरोज कोइराला –एक चिम्टी सिन्दूर
सर्वोत्कृष्ट गायक आधुनिक
कर्ण दास –प्रतिक्षा
सर्वोत्कृष्ट गायिका आधुनिक
संगीता राना प्रधान –आँसुका कथा
सर्वाेत्कृष्ट डायस्पोरा गीतकार
कुमार शिवाकोटी –भिजाएर आँसु
म्यूजिक प्रोड्यूसर अफ दि इयर
सूर्य मगर– सूर्य क्रियशन प्रा.लि.