मेलम्चीको कीर्तिमान
गाग्रो रित्तै
गुरुसँग धेरै दिनपछि भेट भयो । यता म पनि केही अन्य काममा व्यस्त भएँ । एकदिन अचानक गुरुसँग नारायणगोपाल चोकमा भेट भयो ।
मैले सोधें– ‘गुरु यता के कामले आउनु भयो ?
गुरुले भने– ‘बाबु हाम्रो के काम हुनु नि दाँदताकि आँतको काम हुन्छ । डाक्टर–वैद्य धाउँदैमा समय बित्छ ।’
अहिले के प¥यो ?
अहिले त आँत हरहर्रिएर हिँडेको हुँ । मैले भने– दिउँसै आँत हरहर्रियो ? गुरुले भने बाबु तिमीहरूको एउटै मनसाय हुन्छ । आँत हरहर्रिएको भनेको पानी नखाएर भनेको हुँ ।’
अनि यहाँ के पानी खान आउनु भएको ? होइन खानेपानीमा जान । –त्यो त उता पो छ त ? गुरुले भने– ‘थाहा छ । यहाँ मेरा शिष्य बस्दछन् । तिनको खानेपानीमा चिनजान छ तिनलाई लिएन जान । नत्र यहाँ त मैले कति पटक दर्खास्त दिइसकेँ । रसिद कटाइसकेँ, केही लागेन । राजस्वमा केही वृद्धि गराएँ हुँला मैले । तर त्यति तिरे पनि पानी खान पाइएन ।’
मैले भने– ‘होइन, अचेल त ठूलो खोलो छ भन्छन् ।’
मैले पनि सोचेको थिए त्यस्तै । मेलम्ची आएपछि त पानी त तृप्त हुनेगरी खान पाइएला । तर…. गुरुले थपे सरकार रमाइलो मानिरहेछ । मलाई पनि रमाइलो लाग्छ विश्वमा आठ पटक उद्घाटन भएको यो पहिलो आयोजना होला । यस्तो गर्दा उद्घाटन गरिने धारामा देख्दै शीतल लाग्ने पानी आउँछ । पानीको छेलोखेलो होला भन्ठान्यो, खुसी भयो, त्यति हो । कोही कोही भन्छन् आएर, हामीकहाँ त मेलम्ची सुन्दरीजल दुवै आउँछ ।’
हाम्रो पनि विधि त सबै पु¥याएको हो । पैसा एडभान्समा तिर्छु । मेलम्ची योजनावालाले धरासमेत फिट गरेर गएको छ । एक दिन एक खायौँ । तर फेरि मेलम्ची फर्केन त अब के गर्नेमाथि नै तानिदिन्छन् । ओरालोमा बस्नेले के गर्ने त ? के कानुनी हो के गैरकानुनी हो खानेपानी जान्दैन । म जान्दिनँ कोही जान्दैन । उनीहरूले झन् भनेका थिए, ओरालोमा झन् राम्रो आउँछ । अब हेर यस्तो अवस्था छ । कोही आएर जाँचबुझ पनि गर्दैन । पानी किन आएन ? यस्तो म मात्र होकि अरू पनि छन् । कि यो एरियामा पानी छाड्नै बिस्र्याे ? यिनै प्रश्नहरूको उत्तर माग्न जान लागेका । भनसुन नभई मनसुन आउलाजस्तो छैन मेरो धारामा, त्यसैले शिष्य चाहिएको ।
गुरु हतारमा हिँडे । म कुनै बखत देखिएको मेलम्चीको उर्लंदो दृश्य सम्झँदै हिँड्न थालेँ ।
०००
सनत रेग्मी र गोपाल आइकसँग भेट भयो । घरमै आएका थिए । सनत रेग्मीले यस पालोको जलरिका सम्मान पाएका छन् । यसको स्थापना कवि द्वारिका श्रेष्ठ र कवि तथा आख्यानकार जलेश्वरी श्रेष्ठले गरेका हुन् । दुवैको नाउँको मिश्रबाट बनेको हो । जलरिका सम्मान ।
सनत रेग्मीको नेपाली कथामा विशेष योगदान छ । गोपाल भोजपुरीका स्थापित लेखक हुन्, तर उनले नेपाली, हिन्दीमा पनि पर्याप्त लेखेका छन् । अहिले उनी भाषा आयोगका सदस्य छन् । अनुवादहरू पनि गरेका छन् । साहित्यसेवा र जीविकोपार्जनका साधनहरू पनि भएको उनको लेखन ।
सनत रेग्मीका धेरै कथाहरू उत्कृष्ट छन् । विशेष अझ सर्वत्र चर्चित भने लद्द मिनियाको गौना शीर्षक भएको छ । यसको चर्चा शीर्ष समालोचक डा. ईश्वर बरालले पनि गरेका छन् । यद्यपि एक कथाकारका लागि यो त्यति सुखद स्थिति होइन, त्यतिका कथामा, कुनै एउटा कथा बढी चर्चित होस् । सनतले त्यो असन्तुष्टि कतैकतै पोखेका छन् । तर यो वास्तविक हो । लद्द मिनियाको गौना शीर्षकमा हालै एक कथा संग्रह प्रकाशित गरेका छन् । फरक के छ भने, यसमा पछिका कथाहरूसमेत सामेल गरेर त्यसलाई एक नयाँ रूप दिएका छन् । तर आफैंले पनि सुपरिचित शीर्षकको कथा ‘लद्दमिनियाको गौना’ त्याग्न गाह्रो माने ।
उनीहरू आएपछि एकछिन पुरस्कार समारोहको कुरा भयो । धेरैबेर साहित्यको कुरा भयो ।
चिया कफी खाएपछि उनीहरू बिदा भए साहित्यकारहरूसित साहित्यिक चर्चा गर्दा समय सार्थक भएको अनुभव हुन्छ ।
०००
केही शब्दहरू हामीकहाँ एक्कासी लोकप्रिय हुन थाल्छन् । केही समयपछि त्यो जान्छ र अर्काे आउँछ । यो कसरी आउँछ र कसरी जान्छ, त्यो जान्नु अपरम्पार छ । ज्ञानीले मात्र जान्ला जस्तो छ । त्यो पनि कुन्नि । यस्ता शब्दको प्रयोग के गरी हुन्छ दैवो नजानाति थाहा छ, प्रत्येक ठूलो मानिस अर्काे ठूलो मानिससँग मार्गचित्र मागिरहेको हुन्थ्यो । किन माग्थ्यो मागेर के गथ्र्याे अब किन माग्दैन ? यो, उही दैवो नजानाति… या आउँछ । अंग्रेजीको ‘रोडम्याप’बाट विद्वान नेताहरूले बनाएका हुन् कि यो पनि छिमेकबाटै आएको थियो त्यसको अनुसन्धान गरिरहेको छ । अहिले ‘भाष्य’को जमाना छ । पाराटिभबाट आयो भाष्य प्रत्येक नेता, संसद्मा अन्तर्वार्तामा भाष्य पकेटबाट झिकेर जनतातिर फ्याँक्यो । भन्यो यो गलत भाष्य हो । यो भाष्यको अर्थ यो हो यस्तो लाग्दथ्यो, भाष्य शब्दबिना न कुनै नेता चल्छ न संसद् । हाल आएर त्यसको झट्का केही कम भएको छ ।
एउटा शब्द अर्काे छ । यो त चिन्तन जाला जस्तो छ । त्यो को दावी गर्नु भयो । हामीले केटाकेटी बेलादेखि एउटा शब्द सुन्दै आएका थियौं हिन्दीमा दावा । दावाको अर्थ हुन्थ्यो ऋबिष्च दावा कियाको अर्थ हुन्थ्यो हक जनायो, जोर दिँदै भन्यो वा अधिकारपूर्वक भन्यो । यस्तो यस्तै हो । हामीकहाँ दाबी गर्नुभयो विस्सरी आउँछ, तर सामान्य भन्नुभयो भन्ने अर्थमा । हुन त भाषाको रूप र अर्थ फेरिन्छ । तर यहाँ त्यस्तो पनि देखिन्न । दाबी गर्नुभएको अर्थ हुनुपर्ने हो, एक्स्केम्ड जोर दिएर भन्यो अधिकारी जनाएर भन्यो । हामी केवल, भन्नुभयो भने अर्थपर प्रयोग गरिरहेका छौं । भाषा विज्ञानमा मिथ्या व्यँुत्पति भन्ने छ । गुरुको माग छ यो स्पष्ट पार्नुुप¥यो अनि बोल्नु प¥यो, होइन भने के काम ?
प्रतिक्रिया