देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘गम्किदे मादलु’टेक्सासको अर्भिङ्गमा छायाँकन

देशान्तर

काठमाडौं । रिपोर्टर्स क्लब अमेरिकाले यस बर्षको तिजमा बजारमा ल्याउने तयारीमा रहेको तिज गीत ‘गम्किदे मादलु’ को छायाँकन सम्पन्न गरेको छ । प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द अनि संचारकर्मी समेत रहेका संगीतकार सरोज कोईरालाको लय सृजना रहेको यस गीतमा गायिका एलिना चौहानको आवाज रहेको छ । क्लबका अध्यक्ष किशन रेग्मीको निर्देशनमा निर्माण भएको ‘गम्किदे मादलु’ को म्यूजिक भिडियोको आईतबार टेक्सासको अर्भिङ्गमा छायाँकन सम्पन्न भएको हो । टेक्सासको अर्भिङ्ग स्थित भेटघाट रेस्टुरेन्टसंगको सहकार्यमा सोही स्थानमा छायाँकन भएको ‘गम्किदे मादलु’ मा आयशा ओझाको कोरियोग्राफीमा टेक्सासका नेपाली चेलीहरुको नृत्य सहितको अभिनय देख्न सकिन्छ ।

मौलिक संस्कार र संस्कृतिको संरक्षणमा प्रवाशी नेपालीको समेत महत्वपूर्ण भूमिका रहँदै आएको यथार्थलाई ध्यानमा राखि आफ्नो पहलमा विगत केही बर्षयता हरेक तिजमा तिज गीत सार्वजनिक गर्दै आएका संचारकर्मी रेग्मी यस बर्षको तिज गीतमा भने आफैं निर्देशकिय जिम्मेवारीमा देखिएका छन् ।

१२ जना टेक्सासबासी जसमा रिना कार्की, कामना खरेल , लक्ष्मी ढुंगाना, सृष्टि उप्रेती शर्मा, अनु तामांग, भूमिका ओझा, अलिम मोक्तान, निशा लामिछाने, इशा गुरुङ, संजु घिमिरे लगायत नेपाली नारीहरुलाई एकसाथ पर्दामा देखाईएको गम्किदे मादलु आगामी श्रावण १ गते अर्थात नेपाली मौलिक पर्व साउने संक्रान्तिको अवसर पारेर सार्वजनिक गर्ने तयारी रहेको छ ।