काठमाडौं । गीतकार सङ्घ नेपालले सङ्घका सदस्य एवं प्राज्ञ टिका चाम्लिङ राईलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । संघले एक विज्ञप्ति प्रकाशित गरी आफ्नोक्यान्सरको उपचार गराईरहेका गीतकार चाम्लिङको उपचारमा ठूलो धनराशी खर्च भईसकेको र आर्थिक अभाव हुँदै गएको भन्दै स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक एवं समग्र गीत सङ्गीतप्रेमी शुभचिन्तकहरुलाई सहयोगको लागि सङ्घले अपिल गरेको हो
ि
सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा संस्थागत रुपमा स्वास्थ्य अवस्थाबारे जानकारी लिने काम गरिरहेको सङ्घको तर्फबाट नगद रु २५ हजार आर्थिक सहयोग उपलब्ध गराएको उल्लेख छ । राईको जीवन रक्षाका लागि व्यक्तिगत र संस्थागत रुपमा आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका सर्जक, कलाकार, प्राविधिक एवं समग्र गीत(सङ्गीतप्रेमी शुभचिन्तकहरुमा संघले अपिल गरेको छ ।
प्रतिक्रिया