काठमाडौँ । पोल्यान्डको राजधानी वारसवा हिजो शनिवार सम्पन्न नेपालीहरूको प्रथम भेलाले वैदेशिक प्रवासी नेपाली सङ्घ (एफ आर एन ए) राष्ट्रिय तदर्थ समिति गठन गरेको छ । सपाइस् गार्डेन रेस्टुरेन्टमा भएको नेपालका विभिन्न ठाउँबाट पोल्यान्ड गएका एनआरएनए हरूको भेलाले स्वतःस्फूर्त प्राप्त निवेदनबाट एफआरएनएका परिकल्पनाकार मित्र लाल पार्देको संयोजकत्वमा २० सदस्यीय राष्ट्रिय तदर्थ समिति गठन गरेको हो ।
समितिका सदस्यहरूमा सुसन परियार, मुकुन्दहरी चालिसे ,सिम्रन कटुवाल ,विशाल रम्तेल ,योगेन्द्र कार्की ,जीवन खत्री ,सुमित गौतम ,दीपक भट्ट ,प्रसन्न सापकोटा रहेका छन् । त्यसै गरी ,निमा शेर्पा,अनीश दाहाल ,नेत्रमणि बास्तोला ,एन्जेल कठायत, रामचन्द्र परियार, सुधा कोइराला ,नवराज थापा ,आशिष् श्रेष्ठ ,दीपक श्रेष्ठ , हरिचन्द्र गिरी रहेका छन् ।
यस अघि रोमानियामा रहेका नेपालीहरूको भेलाले तुलसीराम भण्डारीको संयोजकत्वमा राज्य समिति गठन भएको थियो । अभियन्ता राष्ट्रिय तदर्थ समितिका संयोजक पार्देका अनुसार करिब एक सय देशमा राज्य समिति बनेपछि बल्ल अन्तर्राष्ट्रिय समिति बन्ने छ ।
प्रतिक्रिया