म उसै छँदै थेँ पागल, नहुँदा तिमी नजिकमा
नभई भएछु घायल, नहुँदा तिमी नजिकमा ।
यी शेरहरू डा. भोजराज घिमिरेको नवीनतम् कृति ’नाद’ गजलसंग्रहबाट लिइएको हो ।
लामो समय निजामती सेवामा रही निजामती प्रशासनको उच्चतम जिम्मेवारी मुख्य सचिवबाट निवृत्त घिमिरे क्यानाडाका लागि पहिलो नेपाली राजदूतसमेत हुनुहुन्छ ।
कविताबाट गीत हुँदै गजल, कथा, उपन्याससम्मको लेखनयात्रा कुशलतापूर्वक सम्पन्न गरिसक्नुभएका घिमिरेका प्रकाशित कृतिहरूमा दृष्टि लगाउँदा गजलप्रति बढी मोह देखिन्छ ।
निबन्ध र नाटकबाहेक पद्य र गद्य विधाका विविध उपविधामा कलम चलाइसक्नुभएका घिमिरे आफ्ना सिर्जनामा देश, समाज, संस्कृतिको चिन्ता त गर्नुहुन्छ नै, विकृत र विसङ्गत राजनीतिप्रतिको सूक्ष्म र तीव्र असन्तुष्टि पनि प्रकट गर्नुहुन्छ ।
अघिल्ला कृतिहरूमा स्थूल रूपमा, प्रकट भएरै आफ्ना असन्तुष्टि जाहेर गर्ने घिमिरेले पछिल्ला कृतिहरूमा भने आफ्ना असन्तुष्टि र असहमति प्रतीकात्मक रूपमा प्रकट गर्नुभएको छ ।
घिमिरेले प्रस्तुत कृतिमा जीवनका अनेक पाटालाई विषय बनाउनु भएको छ । अधिक विषय परम्परागत नै छन् तर तिनको प्रस्तुति वा अभिव्यक्ति कला अथवा अभिव्यक्ति शैली भने फरक छ । यही फरक शैलीका कारण यश कृतिभित्रका रचना फरक स्वादका लाग्छन् ।
राजनीतिकर्मीप्रतिका असन्तुष्टि होस् वाप्र्म÷प्रणयप्रतिको आशक्ति, यस्ता विषय सन्दर्भलाई पनि केही नभनी धेरै भनेजस्तो ढंगले प्रस्तुत गर्नुभएको छ ।
अझ रोचक चहिँ प्रेम÷प्रणय विषयक गजलहरूमा भने घिमिरेको खिपिएको शिल्प देखिन्छ । प्रणयको उत्कर्षको अभिव्यक्तिसमेत शालीन, भद्र र गम्भीर रूपले प्रस्तुत गर्ने उहाँको खुबी गज्जब लाग्छ । उदाहरणका लागि– ‘धर्ती’ र ‘फुली’ शब्दलाई सामान्य ढंगले प्रयोग गरेर विशिष्ट प्रतीकात्मक अर्थ सम्प्रेषण गर्नुभएको छ । यस्तो अर्थ प्रणयको उत्कर्षका रूपमा बुझ्न सकिन्छ ।
हरसाँझ दीयो जल्छ तिम्रो यादमा
भिज्दै परेली गल्छ तिम्रो यादमा ।
प्रेमका दुवै पक्ष अर्थात् संयोगलर वियोगलाई सुन्दर र कलात्मक रूपले प्रस्तुत गरिएको ‘नाद’ गजलको शास्त्रीयताको साँचोभित्र रहेर लेखिएको छ । रेक गजलको तलतिर बहरका अर्कान राखिएकाले नवसर्जकलाई बहरमा लेख्न सहज हुने देखिन्छ ।
‘उकुसमुकुस’, ‘साधना’ र ‘साधनोत्तर’ गरी तीन खण्डमा संग्रह गरिएका गजलहरू सुरुका खण्डमा १२, बीचको खण्डमा ७५ र अन्तम खण्डमा २२ वटा छन् । खण्डअनुसार बुझ्न सकिन्छ कि अभ्यासको हुट्हुटीमा लेखिएका जल पहिलो खण्डमा, अभ्यास परिस्कृत हुँदै गरेको चरणका गजल दोस्रो खण्डमा र परिस्कृत लागेका गजलहरू तेस्रो खण्डमा राखिएका हुन् ।
पछिल्लो समय नेपाली गजललेखनका बहरबारे चर्चा, विमर्श र बहस अनि विवाद कायम रहँदा प्रकाशनमा आएको ‘नाद’ले बहरका विषयमा थप केही विमर्शको अपेक्षा गरेको छ । यस्तो विमर्शको विषय ‘बहरमा लचकता वा छुट’ बन्न सक्ने देखिन्छ ।
बहरमा लेख्नु सूत्रअनुसार शब्द÷अक्षर÷भाषा÷वर्णविन्यासको प्रयोग गर्नु हो वा बहरका सूत्र भनेका साँचो मात्र हुन्, ती साँचोमा भरिने शब्द भनेका हाम्रो मानक भा÷वर्णविन्यासअनुसार हुनुपर्छ ? भन्ने प्रश्न भाषाविद्, भाषाप्रेमी वा भाषाका अभियन्ताहरूबाट अवश्य उठ्ने देखिन्छ । यद्यपि, यस्तो प्रयोगबाट घिमिरे धेरै हदसम्म जोगिनु भएको छ । सजग र सचेत रहँदारहँदै भए÷गरिएका यस्ता प्रयोगबाट पूरा जोगिनु भएको भए सुनमा सुगन्ध हुने थियो ।
प्रतिक्रिया