देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कथानक निर्देशनमा ख्याति कमाएका प्रकाश धिताल

देशान्तर


काठमाडौं । कथानक म्युजिक भिडियोमा एक्सन कट गर्ने थोरै निर्देशकमध्ये एक हुन् प्रकाश धिताल । निर्देशन, कलाकारिता, कथा लेखन र सञ्चार क्षेत्रमा उनले डेढ दशक बिताइसकेका छन् ।
धिताल पहिलो पटक २०६७ सालमा काठमाडौँ आएका थिए र लामो समयदेखि सञ्चार क्षेत्रमा काम गर्दै म्युजिक भिडियो निर्देशनमा औपचारिक रूपमा २०७१ सालदेखि प्रवेश गरेका हुन् । उनको पहिलो निर्देशन थियो “बिर्सु भन्छु तिम्रो याद” बोलको गीत । हालसम्म करिब चार सयको हाराहारीमा भिडियो निर्देशन गरेका धिताल म्युजिक भिडियो निर्देशक समाजका नेपालका संस्थापकमध्ये एक हुन् । समाजका निवर्तमान सचिव र आजीवन सदस्यसमेत रहेका धितालले योङ माइन्डस इन्टरटेनमेन्ट अवार्ड म्युजिक खबर म्युजिक खबर अवार्ड, हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डलगायतका अवार्डमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितिसकेका छन् ।
धितालले नेपाली सांगीतिक जगत्का थुप्रै अग्रज तथा अनुज स्रष्टाहरूका सिर्जनामा देशका ख्यातिप्राप्त अभिनेता अभिनेत्रीहरूलाई एक्सन कट गरेका छन् । उनले महानायक राजेश हमालदेखि प्रसिद्ध अभिनेता, अभिनेत्रीहरू सरोज खनाल, दिलीप रायमाझी, भुवन चन्द, पल शाह, आकाश श्रेष्ठ, केकी अधिकारी, आकाश अधिकारी, विमलेश अधिकारी, रीमा विश्वकर्मा, जीवन भट्टराई, अनु शाह, वर्षा शिवाकोटी, दुर्गेश थापा, सनम कठायत, सागर खनाल, कमल सिंह, सागर लम्साल बले, सुधीर श्रेष्ठ, शिल्पा पोख्रेल, अञ्जली अधिकारी, शूरवीर पण्डित, हिउवाला गौतम, रमा थपलिया, कबीर खड्का, गरिमा शर्मा, सृष्टि खडका, जेएलसन अधिकारी, नयाँ पुरानालगायत सयौं कलाकारसँग सहकार्य गरेका छन् ।
पहिलो यो माया, १६ सालैमा, पिरमको बाढी, म निदाएसी आयौ, गुडी जाने रेल, दिलैमा, मन्द मन्द, बोल्ने कोही छैन्, चिनी अमिलो, तिम्रो याद, बालै भएन, हातमा रुमाल, भन्नुहुन्थ्यो बाले, आमा मेरी आमा एउटा कथा हो जिन्दगी, यता मेरो रगतले, चित्कार मेरो, सान्बाबु, केवल तिमी हौं, गन्धर्व बाहुन, परिचय, जिउने चाहना, लगायत दर्जन बढी भिडियो उनको दर्शकले रुचाएका भिडियोहरूमा पर्छन् । धितालले नेपालका ख्यातिप्राप्त संगीतकारहरू धनबहादुर गोपाली, अर्जुन पोख्रेल, दीपक शर्मा, हरि लम्साल, कृष्ण भारद्वाज, दीपकराज विश्वकर्मालगायत दर्जनौं संगीतकार सँगै उदित नारायण झा, अञ्जु पन्त, सुशील गर्तौला, प्रविशा अधिकारी, प्रमोद खरेल, रचना रिमाल, मल्लिका कार्की अश्मिता अधिकारीलगायतका चर्चित गायकगायिकाहरू र लोकराज अधिकारी, कवि अर्जुन पराजुली ,डा. रमिल अधिकारी, कुमार मिश्र, एनबी अधिकारी, नमिता दवाडीलगायतका दर्जनौ प्रसिद्ध गीतकार तथा साहित्यकारसँग सहकार्य गरेका छन् ।