देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित

देशान्तर

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

आजको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेका कारण सभामुखले बैठक स्थगित गरेका हुन् । सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्दै अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।

आजको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । कांग्रेसको लगातारको विरोधपछि सभामुखले आज नीति तथा कार्यक्रम पारित गर्ने लगायतको कार्यसूची हटाउदै बैठक स्थगित गरेका हुन् ।