काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर वाल गायिका शुदेश्ना शाक्यले “ॐ मुनि मुनि महामुनि शाक्यमुनिये स्वाहा” बोलको बुद्ध मन्त्र गाएर सार्वजनिक गरेकी छन् ।
यसको सङ्गीत र सङ्गीत संयोजन नेपाली सङ्गीतमा थुप्रै चर्चित गीतहरूको सङ्गीत संयोजन गरेका साहस शाक्यले गरेका हुन् । शुदेश्ना साहस की छोरी हुन् । यस अघि उनले छुनु मुनु गर्ने बोलको वाल गीत सार्वजनिक गरिसकेकी छन् । बुद्ध मन्त्र साहसकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया