काठमाडौं । सरुवा र बढुवामा सधैं विवादित हुने र असन्तुष्टि प्रकट भइरहने अनि सर्वोच्चसम्म मुद्दासमेत पर्ने नेपाल प्रहरीको सरुवा—बढुवालाई व्यवस्थित र न्यायपूर्ण बनाउने वाचा गरेका वर्तमान गृहमन्त्री रवि लामिछानेको वाचा पनि अन्ततः उनकै हस्तक्षेपका कारण विवादरहित हुन नसकेको जानकारहरूले बताएका छन् ।
डीआईजीहरू उमेशराज जोशी र भीम ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि तीन डीआईजीको पद रिक्त हुँदा गत शुक्रवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा सिफारिस ग¥यो ।
गृहसचिव नेतृत्वको समितिले कार्यसम्पादन मूल्यांकन र प्रतिस्पर्धीहरूको कार्यक्षमता हेरेर सिफारिस गरेको भनिए पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चाहना र दबाब मिसिएको देशान्तरलाई खवर प्राप्त भएको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरकै ब्याचीहरू अहिले पनि एसएसपी रहेको तर उनीहरूलाई छुटाएर जुनियरलाई बढुवा गर्न गृहमन्त्रीले दबाब दिएको प्रहरी स्रोतको दाबी छ ।
प्रहरी महानिरीक्षक कुँवरले सिनियरलाई नै बढुवा गर्न चाहे पनि लामिछानले नचाहँदा अहिले कार्यरतमध्येका चार सिनियर एसएसपीमध्ये बढुवामा सबैभन्दा सिनियर कृष्णहरि शर्मा पोखरेल पर्दा अरू तीनलाई छुटाइएको छ । छुटाइएकामा ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द रहेका छन् ।
बढुवामा वरीयता नमिच्ने दाबी गर्दै आएका गृहमन्त्री लामिछानेका कारण कार्यक्षमतालाई आधार मानेर बढुवा पाएकाहरूले दुई ब्याच माथिका एसएसपीलाई पछि पारेका छन् । डीआईजी बढुवामा आफूले चाहेअनुसार गरेर कथनी एउटा र करनी अर्कै गरेको सुरक्षा मामला जानकारहरूले बताएका छन् ।
प्रतिक्रिया