काठमाडौं । उदयपुर जिल्लामा पिता गोबिन्द पोखरेल र माता सुष्मा पोखरेलको कोखबाट जन्म लिएका शिवन विद्यालयदेखि नै नृत्य र अभिनयमा रुचि राख्थे । विद्यालयमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा प्रथम हुने उनी उच्च शिक्षा अध्ययनको लागि सपनाको सहर काठमाडौं आएर अध्ययन साथसाथै अभिनय र नृत्य सिक्न थाले ।
पछि अभिनय र नृत्यमा आफूलाई निपुण बनाएपछि उनले आफै नृत्य तथा अभिनय प्रशिक्षण कक्षा सञ्चालन गर्न थाले । अग्रज निर्देशक र साथीभाइको संगत हुँदै जाँदा उनले चलचित्र सिकारीमा पहिलो चोटि प्रमुख भूमिका पाए । जुन चलचित्रमा सुनील थापा, पूजना प्रधान, शूरवीर पण्डितलगायतको अभिनय रहेको थियो ।
यसपछि उनले लगातार म्युजिक भिडियो र चलचित्र काम पाए । उनले अभिनय गरेका नमस्ते डोल्पा, तिरस्कार र मेरो जीवनसाथी सफल चलचित्र मानिन्छन् । म्युजिक भिडियोमा त उनको अभिनय र निर्देशनका धेरै गीतहरू चर्चित छन् । रेनु बिष्ट केसी को स्वर हरि लम्सालको संगीत लोकराज अधिकारीको शब्द रहेको नायिका झरना थापाले अभिनय गरेको रुवाउदिन तिमिलाई भन्ने पनि तिमी नै हौ देखि फूलमा माहुरी डुल्ने बेलामा, उहीँ मुलाको सिन्की उही मुलाको चाना, मलाई बाँसुरीले रुवायो, यहाँ मलाई सञ्चो छैन, मर्ने बेला सबैले, तिम्लाई सञ्चो छैन भन्ने खबर मैले पाएँ, जाउ हिँड पोखरा, देउराली भाके है, उनका दर्शकले रुचाएका गीतका म्युजिक भिडियो हुन् । हालसम्म झन्डै एक हजार म्युजिक भिडियोमा अभिनय र निर्देशन गरेका शिवन हाल म्युजिक भिडियो कलाकार संघ नेपालको केन्द्रीय उपाध्यक्ष पदमा रहेका छन् । कलाकारितासँगै र समाजसेवामा पनि उनी सक्रिय छन् ।
प्रतिक्रिया