काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबीन समितिका बिषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षदल कांग्रेस बीच सहमति कायम नहुँदा बजेट अधिवेशन सहज रुपमा संचालन हुनेमा आंशका बढदै जाँदा सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम समेत प्रभावित हुने देखिएको छ ।
शुक्रबार बाट सुरु भएको बजेट अधिवेशनको पहिलो बैठको गतिबिधीले यो अबिधेशन सहजरुपमा नजाने संकेत गरेको हो । बैठकलाई सभामुख देवराज घिमिरेले पेलेरै लैजान खोजेपछि कांग्रेसका सांसदहरूले प्रतिवाद गर्दैे सहकारी ठगलाई कारबाही गर संसदीय छानबीन समिति गठन गर भनेर नाराबाजी गर्दै सदन अबरुद्ध गरेपछि सदन जेठ एक गते सम्मका लागि स्थगित गरिएको छ । सरकारले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको मागलाई बेवास्ता गरेर जबरजस्ती संसदको बैठक चलाउन खोजकाले सरकारलाई सघाउन नसक्ने कांग्रेसले स्पष्ट पारेको छ । कांग्रेसले अब सरकारको रबैयाको सदन र सडक दुबैतिरबाट प्रतिवाद गर्ने जानकारी सदनलाई दिईसकेको छ ।
यता जेठ १ गते संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ भने सोहि दिन प्रतिनिधी सभाको बैठक पनि बोलाइएको छ । तर संघीय संसद्को संयुक्त बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने संकेत गरेको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अनुसार सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि छामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति नबनेसम्म संसद्को कामकारबाही अवरुद्ध हुने बताएका छन । उनले संसदीय छानबिन समिति नबनी संसद्का सबै काम कारबाही अवरुद्ध हुने र नीति तथा कार्यक्रम पनि त्यहीभित्र पर्ने संचारमाध्यमलाई बताएका छन् ।
यसैबीच नेपाली कांग्रेसले सरकारले संसद चल्न नदिनेतर्फ उद्दत हुदै गएको निष्कर्ष निकालेको छ । शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरुले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री गगनकुमार थापाले सरकार संसदीय समिति पनि नबनाउने र संसद पनि चल्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको जानकारी दिए ।
महामन्त्री थापाले आगामी दिनमा संसद्का कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न आगामी सोमबार १ बजे संसदीय दलको बैठक आह्वान गरिएको जानकारी दिए । उनले आफूहरुको माग र पोजिसन तलमाथि नहुने बताए ।
प्रतिक्रिया