काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता जोगाउन जेपनि गर्छु भन्ने प्रधानमन्त्री प्रचण्डको भनाईमा दलहरू फुटाउने देखि अरु के-के होला भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले यस्तो प्रश्न गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले बुधबार सिन्धुलीमा आयोजित पार्टीको कार्यक्रममा आफुले सत्ता टिकाउन अनेक काम गर्ने बताउदै जसपा नेपाल फुट्नुपनि त्यसैको शिलशिला भएको बताएका थिए ।
प्रतिक्रिया