देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वासको मत नदिन रेशम पक्षधरको ह्विप

देशान्तर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले निर्देशन जारी गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् । नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन् । रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन् ।
मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम रहेको छ । तर सत्ता साझेदार दलबिच नै विश्वासको मतबारे एकरूपता छैन ।

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिनेबारे नेकपा माओवादी केन्द्र अलमलमा परेको छ । विश्वासको मतको लागि आज साँझ बोलाएको प्रदेशसभा बैठक बस्ने सत्तारुढ दलभित्रै अनिश्चिय देखिएपछि माओवादी केन्द्र मलमलमा परेको हो ।
माओवादी संसदीय दलका उपनेता अक्कल रावलले प्रदेशसभाको बैठक नै अनिश्चित रहेको भन्दै दलको बैठक समेत बस्न नसकेको बताए । यहाँ नेकपा एमालेले आज तोकिएको बैठकमा विश्वासको मत दिन नसक्ने अडान लिएपछि संसद बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री सोडारीले आज बिश्वासको मत लिने तयारी गरेपनि संसद् बस्ने विषय भने अझै अनिश्चित छ ।आज बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको थियो । तर अहिलेसम्म पनि बैठक बस्न सकिरहेको छैन ।