देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेरिल्याण्डको ग्रीनवेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते

देशान्तर

काठमाडौं । अमेरिकाको मेरिल्याण्डको ग्रीनवेल्टको पार्कमा गोली चलेको छ । विद्यालयका बालबालिकाहरुको बाक्लो जमघट भएका बेला गोलीचल्दा ५ जना घाइते भएका छन् । गोली लागेर घाइते हुनेहरुमा १६ देखि १८ वर्ष उमेर समूहका रहेको अमेरिकन सञ्चारमाध्यमहरुले जनाएका छन् । ग्रीनवेल्ट पार्कमा उच्च माध्यमिक विद्यालयका सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

ग्रीनबेल्टका प्रहरी प्रमुख रिचर्ड बोवर्सले एकजना घाइतेको अवस्था गम्भीर रहेको र अर्काको अवस्था स्थिर रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।

घाइते पाँचै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न एक जनाको खोजी कार्य जारी रहेको पनि पत्रकार सम्मेलनमार्फत बोबर्सले बताए ।