देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विमानको सिटमा बेवारिसे भेटियो एक किलो ७० ग्राम सुन

देशान्तर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । 

बुधबार रति ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आएको इन्डिगो एयरको सिट नम्बर २७ र २८ को तलपट्टि बेवारिसे अवस्थामा सो सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

बेवारिसे अवस्थामा भेटिएको सो सुनमा सिक्री तीन, ६ वटा सुनको बिस्कुट, दुई टुक्राका साथै दुइ वटा सिक्री जोड्ने स-साना रिङ फेला परेको छ । सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको प्रहरीले जनाएको छ । अहिले सो सुन बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।