देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो

देशान्तर

काठमाडौँ । नेपालले युएईविरुद्धको खेलमा खराब शुरुवात गरेको छ ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको हो ।

पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनर आफिस सेखलाई पनि गुमाएको छ । आसिफ सेख ११ बलमा ८ रन बनाएर आउट भएका छन् । उनलाई युएईका बलर ओमिद शाफी रहमानले आउट गरेका हुन् ।

यस अघि युएईका बलर जुनैद सिद्धिकीले पहिलो बलमा नेपालका ओपनर कुशल भुर्तेललाई आउट गरेका थिए ।