देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँमा दोस्रो ‘एडब्लुएस कम्युनिटी डे’ मनाइंदै

देशान्तर

काठमाडौँ  – ‘एडब्लुएस युजर ग्रुप नेपाल’ को आयोजनामा आउँदो आइतबार, वैशाख ९ गते (२१ अप्रिल) दोस्रो ‘एडब्लुएस कम्युनिटी डे’ मनाइंदै’ मनाउन लागिएको छ।

जेनेस सलुशन तथा सनवे कलेज सह-आयोजक रहेको उक्त कार्यक्रमले क्लाउडको बारेमा थप जान्न चाहने, टेक पेसाकर्मीहरू र सूचना प्रविधि क्षेत्रका अगुवाहरूलाई आपसी विचार आदानप्रदान गर्न र क्लाउड कम्प्युटिंङ सम्बन्धी पछिल्लो प्रवृत्तिहरूबारे छलफल गर्न एक मञ्च उपलब्ध गराउने छ।

एडब्लुएस सामुदायिक दिवस समुदायले आयोजना गरेका क्लाउड शिक्षा सम्बन्धी कार्यक्रम हुन्  जहाँ विज्ञ एडब्लुएस  प्रयोगकर्ताहरू तथा विश्वव्यापी रूपमा काम गर्ने व्यवसायीहरूले   प्राविधिक जानकारी दिन्छन् ।

‘एडब्लुएस कम्युनिटी डे २०२४’ ले   अमेजन वेब सर्भिसेज (एडब्लुएस) मार्फत सहभागीहरूको ज्ञान तथा व्यवहारिक सीप वृद्धि  गर्न तथा नवपरिवर्तन एवं  व्यावसायिक वृद्धिलाई सघाउन विभिन्न वक्ताहरू, कार्यशाला गोष्ठी तथा नेटवर्किङ अवसरहरू उपलब्ध गराउने छ।

‘एडब्लुएस युजर ग्रुप’ हरू समुदायको नेतृत्वमा सिक्नुका साथै  ब्लक चेन, कृत्रिम बौद्धिकता, परफरमेन्स कम्प्युटिङ तथा क्लाउड कम्प्युटिङ प्रविधिजस्ता अमेजन वेब सर्भिसेसँग आबद्ध प्रविधिबाट आपसमा बाँधिएका छन्।  

२१ अप्रिल बिहान ९ बजे  काठमाडौँ, मैतीदेवी मार्गस्थित सनवे कलेजमा चिया/कफी सँगै सहभागीहरूको नाम दर्ता सुरु हुनेछ भने ९:३० बजेदेखि कार्यक्रम सुरु हुनेछ।

कार्यक्रममा एडब्लुएस एम्व्यासडर तथा  ‘एडब्लुएस युजर ग्रुप नेपाल’  का अगुवा अञ्जनी फुयाँलले प्रस्तुति गर्नेछन् ।  युकेमा मुख्यालय रहेको कम्पनी, जेनेस सलुशन, का संस्थापक तथा प्रमुख कार्यकारी समेत रहेका  फुयाँलले  एडब्लुएसका क्षेत्रमा भई रहेका पछिल्ला विकास क्रम, एडब्लुएस प्रविधिहरू तथा सर्वोत्तम अभ्यासहरूका बारेमा आफ्नो अनुभव तथा दृष्टिकोण साझा गर्नेछन् ।

कार्यक्रमको प्राविधिक सत्रमा एडब्लुएस इन्डियामा डेभलपर मार्केटिङ म्यानेजरको रूपमा कार्यरत रिधिमा कपुरले प्रस्तुति दिने छिन भने  प्यानल छलफलपछि सुरु हुने ‘डेभअप्स ट्याक’ मा सन्दीप दास, तेजस गुप्ता, अभिनव दुबे, रामनिक कालरा लगायतका वक्ताले एडब्लुएसमा डेभअप्सको ज्ञान शक्तिबारे आफ्नो अनुभव शेयर गर्ने छन्।  त्यस पछि आयोजना गरिने ‘क्लाउड सेक्युरिटी ट्याक’ मा सुन्दर श्रेष्ठ, अविरल सङ्ग्रौला, निलेश बाघेला र विशाल अल्हतले आफ्नो अनुभवहरू शेयर गर्ने छन्।  

शिक्वल फाउन्डेसनले ‘प्रविधिमा महिला’ प्यानल छलफलको सुरुवात गर्ने छ। शिक्वल फाउन्डेसन जीवनका सबै क्षेत्रहरूमा पुरुष र महिलाबिच समानता सुनिश्चित गरी महिलाहरूको व्यक्तित्वको पहिचान र सम्मान  गर्ने एउटा गैर नाफामूलक संस्था हो।

अपराह्न ४ बजे कार्यक्रम सकिए पछि सहभागी तथा वक्ताहरू बिच ‘नेटवर्किङ सेसन’ आयोजना गरिने छ।  

गएर उक्त कार्यक्रमको लागि दर्ता गर्न तथा थप सूचना प्राप्त गर्न सकिने आयोजकले जनाएका छन्।