देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएनः लिङ्देन

देशान्तर

काठमाडौ । ईलाम क्षेत्र नं–२ को संघीय समसद्को उप–निर्वाचनको क्रममा कांग्रेसका उमेदरवार डम्बर खड्काको चुनावी अभियानलाई सम्वोधन गर्न ईलाम पुगेका कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला आज किराँत धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशिर्वाद लिन उनको आश्रम पुगेका छन्।

कोइराला आज ईलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई किराँत धर्म गुरुलाई भेटेका छन् । भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेकोमा कोइराला सँग चिन्ता व्यक्त गरे।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला त्यतिबेला ३ पटक आफुलाई भेट्न आएको धर्म गुरु लिङ्देनले कोइरालालाई स्मरण गराए ।

गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाउन नसकेको भन्दै तपाईले माओवादीद्वन्द्व समाधान गर्न निकै राम्रो भुमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस, म तपाईको साथमा रहने छु ।

जवाफमा नेता कोइरालाले आफु यतिबेला सबैभन्दा माथि देश र जनता छन् भन्ने देशव्यापी अभियानमा हिँडेको बताए । कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफु अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशिर्वाद लिन आएको बताए । कोइरालाले वर्तमान अवस्था देशको बेतिथी हटाएर निकास दिन सक्छु भन्ने कुरामा आफु बिश्वस्त भएकोले पार्टीका तमाम् साथीहरुको साथ र सहयोग जुड्दै गएको बताए ।